परीक्षामा राम्रो लेख्ने विद्यार्थीमाथि आक्रमण

janakसञ्चारपत्र सम्वाददाता
भरतपुर, १९ भदौ
रामपुर कृषि क्याम्पसमा अध्ययनरत एक विद्यार्थी परीक्षामा राम्रो लेखेकै कारण कुटिएका छन् । बिएस्सी एजीका विद्यार्थी जनक पन्तले परीक्षामा राम्रो गरेकै कारण आफुमाथि कुटपीट र चक्कु प्रहार भएको बताएका छन् ।
अनेरास्ववियूका जिल्ला अध्यक्ष केशव कँडेलले त्रिभुवन विश्वविद्यालयद्वारा लिइएको बिएस्सी एजी दोस्रो वर्ष, तेस्रो सेमिस्टारको जेनेटिक्स विषयको प्रश्नपत्र राम्रोसँग हल गरेको कारण पन्तमाथि अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले आक्रमण गरेका जानकारी दिए ।  
अनेरास्ववियु क्रान्तिकारीका सरन भूजेललगायतले परीक्षामा राम्रो गर्ने अनेरास्ववियुका अमृत भण्डारी र सविन खनाललगायतका विद्यार्थीहरुमाथि मंगलवार हातपात गरेका अखिलका जिल्ला अध्यक्ष कँडेलले बताए । सोही विषयमा मिलापत्र गर्ने सहमति भएर क्याम्पसमा भेला हुँदै गर्दा हतियारसहित आएका क्रान्तिकारीका विद्यार्थीहरुले आफ्नो संगठनका विद्यार्थीहरुमाथि आक्रमण गरेका कँडेलको दावी छ । Read the rest of this entry »

विनोद चौधरी नवलपरासी– १ बाट एमालेबाट सर्वसम्मत

chaudharyसञ्चारपत्र सम्वाददाता

गैडाकोट, १९ भदौ

अर्बपति विनोद चौधरी आगामी मंसिरमा हुने संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र नम्वर–१ मा नेकपा (एमाले) को तर्फबाट प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिसमा परेका छन् ।

एमाले नवलपरासी क्षेत्र नम्वर–१ को दलदलेमा बुधवार सम्पन्न बैठकले चौधरीलाई प्रत्यक्षतर्फ सर्वसम्मत उमेदवारको रुपमा सिफारिस गरेको क्षेत्रीय अध्यक्ष शिवहरी अधिकारीले जानकारी दिए । उद्योगपति चौधरी अघिल्लो संविधानसभामा नवलपरासी क्षेत्र नम्वर–१ बाटै समानुपातिकमा सभासद बनेका थिए ।

अधिकारीले क्षेत्र नम्वर–१ को विकासका लागि चौधरीलाई प्रत्यक्ष तर्फको उमेदवारका रुपमा एकमतले सिफरिस गरेको बताए । Read the rest of this entry »

Older posts «

» Newer posts