चितवनमा बढे महिला जग्गाधनी

IMG_0600आनन्द पोखरेल

 कारण ः छुटको आकर्षण, पुरुष बिदेशिनु, सशक्तिकरण, शिक्षामा पहुँच 
 गत आवमा ३३ प्रतिशत जग्गा महिलाको नाममा
 तीन करोड छ लाख रूपैयाँ राजश्व छुट

भरतपुर, २० भदौ
चितवनमा जग्गाको कारोवार घटेको भए पनि महिला जग्गाधनी भने बढेका मालपोत कार्यालय, चितवनको तथ्याङ्कले देखाएको छ । महिलाको नाममा जग्गा पास गराउँदा २५ देखि ३० प्रतिशतसम्म छुट पाइने भएको कारण महिला जग्गाधनी बढेका मालपोत कार्यालय, चितवनका मालपोत अधिकृत तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए ।
मालपोत चितवनमा आर्थिक वर्ष २०६९÷०७० मा ३१ हजार नौ सय साठी वटा जग्गा किनबेचको लिखत भएको थियो । नगरपालिका क्षेत्रका १३ हजार चार सय ४४ र ग्रामीण क्षेत्रका १८ हजार पाँच सय १६ वटा लिखत दर्ता भएका थिए । ती मध्ये महिलाको नाममा १० हजार छ सय पाँच वटा अर्थात् ३३ दशमलव १८ प्रतिशत लिखत दर्ता भएको मालपोत अधिकृत सुवेदीले जानकारी दिए ।
मालपोत कार्यालय चितवनमा चालु आर्थिक वर्षको साउनमा जग्गा किनबेचको लिखत एक हजार पाँच सय ७० वटा दर्ता भएका छन् । नगरपालिका क्षेत्रमा सात सय ११ र ग्रामीण क्षेत्रमा आठ सय ५९ वटा लिखत दर्ता भएको भएको छ । जसमध्ये आठ सय आठ वटा लिखत महिलाको नाममा दर्ता भएको मातपोत कार्यालय चितवनले जानकारी दिएको छ । Read the rest of this entry »

चितवनबाट चुनावी माहोल खडा गर्छौ : महेश बस्नेत

IMG_0599सञ्चारपत्र सम्वाददाता
भरतपुर, २० भदौ
युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले भदौको अन्तिम साता चितवनमा हुने संघको राष्ट्रिय भेलाले चुनावको माहोल खडा गर्ने बताएका छन् । भदौ २८ र २९ गते चितवनमा हुने युवा संघको राष्ट्रिय भेलाको अनुगमन गर्न विहीवार यहाँ आएका बस्नेतले सञ्चारपत्र दैनिकसँग कुरा गर्दै चितवनमा हुने युवा संघको राष्ट्रिय भेलाबाट पुरुष युथ फोर्स गठन गर्ने जानकारी दिए ।
नेकपा (एमाले) केन्द्रीय कमिटीको निर्णय अनुसार एक हप्ता अघि धरानबाट महिला युथफोर्सको गठन भईसकेको र अब चितवनबाट पुरुष युथ फोर्सको घोषण गरिने बस्नेतले जानकारी दिए । उनले भने– ‘अब पार्टीको एजेन्डा बोकेर युथ फोर्स जनताको घरदैलोमा पुग्ने छ ।’
युवासंघमा देखिएको विवादको बारेमा बस्नेतको भनाई थियो– ‘युवा संघमा विवाद भएकै छैन, केही दुई चार जना साथीहरुको असन्तुष्टि होला । काम गर्दै जाने, बेईमानीलाई छोड्दै जाने र समानान्तर गतिविधिलाई त्यागेर हामीले विवाद अन्त्य गर्दैछौँ ।’ अबको चुनावमा एमालेको तर्फबाट चुनाव प्रचारको लागि युथ फोर्स परिचालन गरिने बस्नेतले जानकारी दिए । Read the rest of this entry »

Older posts «

» Newer posts