कृष्णप्रसाद अधिकारी हत्या घटनाका एक अभियुक्त पक्राउ

NANDA-PD-ADHAKARI-AT-BIR-HO_20130829100239सञ्चारपत्र सम्वाददाता
भरतपुर, २१ भदौ
प्रहरीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको अभियोगमा शुक्रवार काठमाडौंको बागबजारबाट एकीकृत नेकपा (माओवादी) का कार्यकर्ता रामप्रसाद अधिकारीलाई पक्राउ गरेको छ । गोरखा फुजेल गाविस–४ का ३५ वर्षिय रामप्रसादलाई चितवनबाट खटिएको प्रहरी टोलीले दिउँसो २ बजे पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सञ्जय राउतले रामप्रसादलाई शुक्रवार नै काठमाडौंबाट चितवन ल्याइएको सञ्चारपत्रलाई जानकारी दिएका छन् । साँझ चितवन ल्याइएका रामप्रसादको मेडिकल चेकअप गरि हिरासतमा राखिएको प्रहरीले बताएको
छ ।
आफ्ना कान्छा छोराका हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारी दम्पती डेढ महिनादेखि वीर अस्पतालमा आमरण अनसनमा बसेका छन् । सरकारले अधिकारी दम्पतीको माग बमोजिम कृष्णप्रसादको हत्या आरोपमा रामप्रसादलाई गिरफ्तार गरेको हो । Read the rest of this entry »

शान्तिका लागि मार्चपास ः बादल

badal1आनन्द पोखरेल
भरतपुर, २१ भदौ
नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले शुक्रवार चितवनको राष्ट्रिय युवा जनस्वयम्सेवकको मार्चपासलाई सम्बोधन गर्दै यो शान्तिका लागि नयाँ अभियानको थालनी भएको बताएका छन् ।
आफुहरुले टेबलबाट पनि सहमति गर्ने प्रयास गरेको र अब सडकबाट पनि आन्दोलनको सुरुवात गरेको बादलले जानकारी दिए । मेची र भक्तपुरमा पनि शुक्रवार नै लालमोर्चाले मार्चपास गरेको बताउँदै उनले अब देशभरिबाट शान्तिका लागि यो अभियान सञ्चालन गर्ने बताए ।
बादलले अबको परिवर्तनका लागि लालमोर्चा अग्रसर भएको भन्दै यस कार्यमा पार्टीको तर्फबाट पूर्ण रुपमा साथ र सहयोग हुने बताए । ‘हामीले देशलाई गरीबीबाट मुक्त बनाउन चाहान्छौँ, सम्बृद्ध नेपाल चाहन्छौं, यो परिवर्तनको लागि सम्पूर्ण देशभक्त नागरिकहरुले हामीलाई साथ दिनुहोस्’ बादलले भने । Read the rest of this entry »

Older posts «

» Newer posts