बामपन्थी अगुवा नरबहादुर खाडको निधन

चितवन २२ भाद्र बामपन्थी आन्दोलनका अगुवा नरबहादुर खाडको ७१ वर्षको उमेरमा आज विहान निधन भएको छ।उपचारको क्रममा भरतपुर अस्पतालमा विहान ३ वजे उहाको निधन भएको हो ।

चितवनको गीतानगर गाउ विकास समिति वडा नम्मर ६ केशरबाघ स्थायी घर भएका खाड हाल नेकपा एमालेको केन्द्रिय सल्लाहकार परिषदको सदस्य, नेकपा एमाले निकट जेष्ठ नागरीक मञ्चको केन्द्रिय संयोजक र जेष्ठ नागरीक सेवा समाज नेपालको केन्द्रिय अध्यक्ष रहनु भएको थियो ।

विगत केहि समययता क्यान्सर रोगबाट ग्रसीत खाडका दुई छोरा र एक छोरी हुनुहुन्छ ।खाडको आजै अन्तीम दाहसस्कार गरिने नेकपा एमाले चितवनले जनाएको छ ।

पत्रकार पोखरेलमाथि लेख्दै नलेखेको समाचारलाई लिएर धम्की

Press bigapti 5-21पत्रकार सम्वद्ध संघसंस्थाको आपत्ति
सञ्चारपत्र सम्वाददाता
भरतपुर, २१ भदौ । पत्रकार हरिप्रसाद पोखरेललाई लेख्दै नलेखेको समाचारको विषयलाई लिएर केही व्यक्तिहरुले पटक पटक टेलिफोन गरी ज्यान लिने धम्की दिएकामा नेपाल पत्रकार महासंघ, चितवन शाखालगायत पत्रकार सम्वद्ध संघसंस्थाले आपत्ति जनाएका छ ।
नेपाल पत्रकार महासंघ, चितवनका अध्यक्ष जनक अर्याल, प्रेस चौतारी नेपाल, चितवनका अध्यक्ष शालिग्राम नेपाल, नेपाल प्रेस युनियन, चितवनका अध्यक्ष बसन्त पराजुली, क्रान्तिकारी पत्रकार संघ, चितवनका अध्यक्ष शान्ता अधिकारी, क्रान्तिकारी पत्रकार महासंघ, चितवनका अध्यक्ष नवराज ढकाल र स्वतन्त्र पत्रकार संघ, चितवनका अध्यक्ष सूर्यप्रकाश कँडेलले शुक्रवार संयुक्त प्रेस विज्ञप्ति जारी गरि पत्रकार पोखरेललाई शुक्रवार केही व्यक्तिहरुले टेलिफोन गरि ज्यान मार्ने धम्की दिएको घटनाप्रति आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । Read the rest of this entry »

Older posts «

» Newer posts