बालकुमारी कन्याको प्रतिवेदन सार्वजनिक गर्न माग

Sikshya


जिशिअ पोज ः बालकुमारी कन्या उमाविबाट सातजना महिला शिक्षकहरु निकालिएको सम्बन्धमा गठित कार्यदलको प्रतिवेदन सार्वजनिक गर्न संघर्ष समितिले माग गरेपछि पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा जिशिअ रमाकान्त शर्मा । समितिले माग राखिरहँदा पनि शर्मा कूर्चीमा यसरी नै ढल्किइरहे । तस्वीर ः सञ्चारपत्र

संघर्ष समिति भन्छ – जिशिअ बहानाबाजी गर्दैछन्
सञ्चारपत्र सम्वाददाता
भरतपुर, १ असोज
विद्यालय व्यवस्थापन समितिको निर्णयबाट बालकुमारी कन्या उच्च माविले सात जना महिला शिक्षक निकालेको सम्बन्धमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न बालकुमारी कन्या उमावि शिक्षक पुनर्वहाली संघर्ष समितिले जिल्ला शिक्षा अधिकारीसँग माग गरेको छ । आन्दोलन समितिले मंगलवार जिशिअ रमाकान्त शर्मासँग भेट गरि प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो ।
गत वैशाख १३ गते विद्यालयले शिक्षकहरुलाई निस्कासन गरेपछि साउन १७ गते जिल्ला शिक्षा कार्यालय चितवनका उपसचिव भक्तबहादुर सेन्चुरीको संयोजकत्वमा ११ सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो । जिल्ला शिक्षा कार्यालको रोहवरमा सर्वदलिय वैठक बसी गठन गरिएको आयोगले जिल्ला शिक्षा अधिकारी समक्ष साउन २६ गते प्रतिवेदन पेश गरेको थियो । जाँचबुझ आयोगमा संघर्ष समितिको तर्फबाट मिना खरेल र पार्वती रावल सदस्य रहेका थिए ।
‘विभिन्न बहाना बनाउँदै जिल्ला शिक्षा अधिकारीले उक्त प्रतिवेदन सार्वजनिक गर्न मान्नुभएको छैन’ आन्दोलन संयोजक मिना खरेलले भनिन् । विद्यालय तथा जिल्ला शिक्षा कार्यालयको व्यवहारले आफुहरु अन्यायमा परेको पीडित शिक्षक महिलाहरुले बताएका छन् ।
बालकुमारी कन्या माविले काम गर्दा पारदर्शीता नअपनाएको र व्यापक आर्थिक खिचलो भएको पीडित शिक्षकहरुकी संयोजक मिरा रिमालले बताइन् । शिक्षक अन्यायमा परे भनेर चितवनका सिंगो महिलाहरु आन्दोलित भएका संघर्ष समितिकी उपसंयोजक पार्वती रावलले जानकारी दिइन् । ‘कन्या माविका शिक्षकहरु निकालिनुको स्पष्ट कारण विद्यालयले दिन नसकेको र प्रतिवेदन तयार भइसक्दा समेत जिल्ला शिक्षा कार्यालयबाट कुनै पहल भएको छैन’ रावलले भनिन् । विद्यालयले आर्थिक अभावको कारण नभई राजनीतिक प्रतिशोधको कारण उनीहरुलाई निकालेको रावलले बताइन् ।
आन्दोलित शिक्षकहरु तथा अधिकारकर्मीहरुले निस्काशन गरिएका शिक्षक महिलाहरुलाई पुनर्वहाली गर्न जिल्ला शिक्षा अधिकारीले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताउँदा अदालतको अवहेलना हुने बहाना देखाउँदै जिल्ला शिक्षा अधिकारी जिम्मेवारीबाट पन्छिन खोजेको शुभलक्ष्मी खनालले बताइन् । विद्यालयबाट शिक्षकहरु निकालिएपछि पीडित शिक्षकहरुले जेठको दुई गते अदालतमा मुद्दा दायर गरेका थिए ।
बालकुमारी कन्या उच्च माविले वि.सं. २०६०, २०६१ र २०६२ सालमा निजी स्रोतमा अस्थायी शिक्षक नियुक्ति गरेको थियो । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयको आर्थिक स्रोतले धान्न नसक्ने भन्दै सात जना महिला शिक्षकलाई विद्यालयले वैसाख १३ गते निकालेको थियो ।
निस्कासनमा पर्ने मध्ये कोपिला श्रेष्ठ विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम पियाकी भान्जी भएकी कारण उनलाई विद्यालयमा पुनर्वहाली गरिएको मिना रिमालले बताइन् । ‘बाँकी रहेका छ जना शिक्षिका मध्ये एकजना एमाओवादी समर्थित भएकोले आन्दोलनमा छैनन्, हामी पाँच जना शिक्षिकाहरु आन्दोलमा छौँ’ रिमालको भनाइ थियो ।
संघर्ष समितिको दवावको कारण जिल्ला शिक्षा अधिकारी शर्माले बुधबार बिहान ८ बजे जिल्ला शिक्षा कार्यालयमा सर्वदलिय बैठक बोलाएका छन् ।

बन्दको मारमा शैक्षिक क्षेत्र

balkumariसाँढेको जुधाई बाच्छाको मिचाइ
आनन्द पोखरेल
भरतपुर, ३० भदौ
आइतबार बिहानै गैंडाकोट (नवलपरासी) का विनय थापा नारायणगढको बालकुमारी कलेज आइपुगे । घरबाट पढ्न हिंडेका थापा कलेज आइपुग्दा झस्किए । कलेजमा फाट्टफुट्ट मात्र विद्यार्थी थिए । प्लस टुका विद्यार्थी यिनले बुझ्दा थाहा पाए, ‘बन्द रहेछ ।’
बिहान ९ बजे नारायणगढको लायन्सचोकमा कलेजको पोशाकमा भेटिएका उनी ट्वाल्ल परेर बन्द नियाल्दै थिए । बन्दले शैक्षिक संस्थाहरु पनि ठप्प भएपछि कलेजको मुख हेरेर मात्र घर फर्कन लागेका विनय भन्दै थिए– ‘बन्दले गर्दा क्याम्पसमा पढाई हुन्न, परीक्षामा कसरी राम्ररी लेख्न सकिन्छ ? राम्रो लेख्न नपाएपछि रिजल्ट पनि बिग्रन्छ, वर्ष भरिको मेहनत खेर जान्छ ।’
भरतपुर–८, गौरीगञ्जकी इन्दिरा पौडेलले पनि विहान ६ बजे क्याम्पस आएपछि मात्रै बन्दले पढाइ नहुने थाहा पाइन् । सप्तगण्डकी क्याम्पस, भरतपुरमा १२ कक्षा पढ्दै गरेकी इन्दिरा बन्दले पढाई नहुने जानकारी पाएपछि निराश बनिन् । भनिन्– ‘बेला बेलामा हुने बन्दको मारमा हामी विद्यार्थी परेका छौँ, एकदिनको बन्दले दुई तीन दिनसम्म पढाईलाई असर
पार्छ ।’
विहानै म्याजिक भ्यान चढेर कलेज आएकी इन्दिराले पढ्न त पाइनन् नै त्यतिबेलासम्म बन्दकर्ताले यातायातका साधन ठप्प पारिसकेकाले झण्डै चार किलोमिटर टाढाको घर कसरी फर्कने भन्ने चिन्तामा थिइन् । उनी भन्दै थिइन्– विहान क्याम्पस आयो घर जाने बेलामा बन्दले गाडी चल्दैन, घामघाममा हिंडेर घर जाँदा सास्ती पाइन्छ ।’
विनय र इन्दिरा बन्दको कारण पढ्न पाउने अधिकारबाट बञ्चित विद्यार्थीहरुका प्रतिनिधि पात्र मात्र हुन् । विभिन्न पार्टी तथा तिनका भ्रातृ संगठनले बारम्बार गर्ने बन्दको कारण शिक्षा क्षेत्र सवैभन्दा बढी मारमा परेको छ । बन्दकर्ताको पहिलो निशाना नै शिक्षा क्षेत्र पर्ने गरेको छ । Read the rest of this entry »

Older posts «

» Newer posts