लक्ष्मीनारायणले रुँदै भने, ‘१२ करोड कसरी तिरुँ ?’

Laxminarayanसञ्चारपत्र सम्वाददाता
नारायणगढ, २ असोज
‘सरकारले मेरो सम्पूर्ण जायजेथाको मूल्याङ्कन तीन करोड मात्रै गरेको छ । राजस्व अनुसन्धान विभागले भने १२ करोड रुपैया“ तिर् भन्छ’ बुधबार चितवनका तीन सय जना भन्दा बढी उद्योगी व्यवसायीका बीच आफू अन्यायमा परेको भन्दै नारायणगढका व्यापारी लक्ष्मीनारायण श्रेष्ठ हारगुहार गर्दै थिए ।
राजश्व अनुसन्धान विभागले नारायणगढमा श्रेष्ठले सञ्चालन गरेको लक्ष्मीनारायण वस्त्रालयलाई मूल्य अभिवृद्धि कर बापत चार करोड ५८ लाख आठ हजार आठ सय २३ रूपैयाँ तिर्न पत्राचार गरेको छ । मूल्य अभिवृद्धि करसहित वस्त्रालयले आय कर शुल्क र जरिवाना सहित करिव १२ करोड रूपैयाँ तिर्नुपर्ने अनुसन्धान विभाग स्रोतले बताएको छ ।
उद्योग वाणिज्य संघ चितवन परिसरमा भेला भएका जिल्लाका उद्योगी व्यवसायी सँग श्रेष्ठले आफुलाई राजश्व विभागका कर्मचारीले व्यक्तिगत रिसइवीको कारण अन्यायमा पारेको दावी गरे । ‘घटनाको छानबिनको क्रममा म लगायत मेरो बुबा र भाउजुलाई समेत दुई महिनासम्म धम्कीको भाषामा बयान लिने काम गरियो’ श्रेष्ठले रुँदै भने– ‘बयान लिँदा विभागका कर्मचारीले मानसिक तनाव समेत दिए ।’ Read the rest of this entry »

क्याब्बात बाबुराम !

baburamसविता श्रेष्ठ
भरतपुर, २ असोज
पदमपुर ८ का ४४ वर्षीय बाबुराम के.सी कृषक हुन् । उनी आफ्नो मेहनत र समय च्याउ खेतीको लागि खर्च गर्छन् । च्याउ खेतीमा आफ्नो समय खर्चेका उनलाई च्याउले नै चिनाएको छ । १३ वर्षदेखिको निरन्तर खटाईले उनलाई सफल कृषकमा स्थापित गरेको छ । उनले आफ्नो परिचय एक व्यवसायिक कृषकको बनाएका छन् ।
चितवन निकुञ्ज विस्तारको क्रममा पुरानो पदमपुरबाट उनी पनि परिवारसँगै नयाँ पदमपुरमा स्थानान्तरण भए । बसोबास सरेका पदमपुरका मानिसलाई आयआर्जनमूलक सीप सिकाउन आयोजित तालिममा उनले पनि सहभागी हुन पाए । तालिम दिने संस्थाले सुरुमा सहयोग गरेको १० हजार रुपैयाँ बराबरको सामाग्रीबाट सुरु गरे । जुन खेतीमा उनको समय र मेहनतसँगै च्याउबाटै भएको आम्दानीको १६ लाख रुपैयाँ लगानी भएको छ ।
उनीसँगै तालिम लिएका अधिकांशले आफुले सिकेको सीपलाई निरन्तरता दिएनन् । तर, उनले भने आफ्नो मेहनत र परिश्रम च्याउमा नै लगाए । ‘च्याउबाट जती आम्दानी भयो त्यो सबै च्याउकै लागि लगानी गर्दै आएको छु’ वर्षमा नौ महिना उनी च्याउ खेतीमा व्यस्त बन्छन् । बैशाख, जेठ र असार महिना विश्राम लिन्छन् ।
आठ कक्षासम्म मात्रै पढेका उनले भारतमा गएर समेत ज्याला मजदुरी गरे । भारतीय भूमिमा एक वर्ष गरेको दुःखले उनलाई परिवारको खर्च चलाउन मुस्किल भयो । विदेशको दुःख लाई निरन्तरता दिन चाहेनन् । अनि गाउँठाउँमा नै फर्किए । त्यसपछि गाउँघरमा नै उनले साईकल मर्मत र नापिको काम गरे, अनि खेतीपातीमा सहभागि भए । खेतीबाट भएको आम्दानीले घर खर्च पनि धान्न मुस्किल भयो । आम्दानीभन्दा खर्च धेरै हुने उनले महशुस गरे ।
च्याउ खेतीको सीप सम्बन्धी तालिम लिन पाउँदा उनी उत्साहित बने । आफुले सिकेको सीपका लागि जोश र मेहनत साथ काम गरे । अहिले उनको परिचय च्याउ उत्पादन गर्ने कृषकमा मात्र सिमित बनेको छैन । आफु जस्तै कृषकलाई च्याउ खेती गर्ने तरीका सिकाउने प्रशिक्षक बनेका छन् । च्याउ खेती गर्ने तरिका त सिकाउँछन् नै च्याउको बीउ पनि आफै उत्पादन गर्छन् । च्याउको बीउ बनाउन आवश्यक अटोक्लिप, लिमिनारफ्ला, इक्यूभेटर, फ्रिज, ओभन लगायतका मेशिनरी सामान जोडेका छन् । जसको सहयोगमा उत्पादन गरेको बीउ पनि पूर्वंपश्चिम क्षेत्रका विभिन्न जिल्लाका कृषकहरुसम्म पुगेको छ । Read the rest of this entry »

Older posts «

» Newer posts