ड्यूटी नगरि जागिर पाक्छ गाविस सचिवको

mangalpurप्रतिमा सिलवाल

सेवाग्राहीले गाविस सचिवलाई भेट्नै गाह्रो
कार्यालय छोडेर क्याम्पस पढाउन व्यस्त
कर्मचारी समेत असन्तुष्ट
गाविसमा नबस्ने सचिव भन्छन– मेरो जिम्मेवारी धेरै छ
मंगलपुर, ३ असोज ÷ मंगलपुर गाउ“ विकास समितिका कर्मचारीहरुबीच समन्वय नहु“दा यहाँका बासिन्दाले गाविसबाट सरल र सहज रुपमा सेवा सुविधा पाउन सकेका छैनन् । एकै दिनमा सकिने कामको लागि पनि धेरै दिन सम्म धाउनुपर्ने सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
छोराको नागरिकता बनाउन सिफारिसको लागि गाविस कार्यालय पुगेकी भूमिकला सापकोटाको बुधबार गाविस सचिव बुद्धिप्रसाद गौतमको हस्ताक्षर नभएर काम रोकियो । दिउ“सो तीन बजे भन्दा अगाडि नै सचिव कार्यालयबाट बाहिरिएपछि सापकोटा बिहीबार पुनः गाविस कार्यालय पुगेकी थिईन् ।
‘छोराको दुई दिनको पढाइ छुटिसक्यो’ बिहीबार दिउँसो १२ बजे कार्यालयमा सचिव कुरिरहेकी सापकोटाले भनिन्– ‘सचिवको सहि नभएर आज पनि जिल्ला प्रशासन कार्यालय जान पाइएन ।’ Read the rest of this entry »

नरबहादुर–सर्वादेवी खाँड ट्रष्ट स्थापना

Ner Bd Khadस्व. नरबहादुर खाँडको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
चितवनमा कम्युनिष्ट पार्टी स्थापनामा खाँडको भूमिका महत्वपूर्ण
सञ्चारपत्र सम्वाददाता
गीतानगर, ३ असोज
नेकपा (एमाले)का नेता स्व. नरबहादुर खाँडको तेह्रौं दिनको पुण्य तिथिमा बिहीबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरियो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुले स्व. खाँडप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।
एमाले गीतानगर गाउँ कमिटीको आयोजनामा भएको श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि एमालेका केन्द्रिय सदस्य देवी ज्ञवालीले चितनवमा कम्युनिष्ट पार्टी स्थापनाको लागि खाँडको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । ‘कोअर्डिनेसन केन्द्रको स्थापना देखिनै खाँडको महत्वपूर्ण भूमिका रह्यो’ ज्ञवालीको भनाई थियो ।
०४६ सालको संयुक्त जनआन्दोलन सञ्चालन गर्न चितवनमा बाममोर्चाको अध्यक्ष भएर नेपाली कांग्रेससँग संयुक्त आन्दोलनको लागि निर्वाह गरेको भूमिका सदा स्मरणीय रहने ज्ञवालीले बताए । बिभिन्न सङ्घ संस्था स्थापना तथा सञ्चालनमा समेत खाँडको महत्वपूर्ण योगदान रहेको उनले चर्चा गरे । Read the rest of this entry »

Older posts «

» Newer posts