साक्षर चितवनको लागि दुई करोड ३२ लाख

jisikaआनन्द पोखरेल
भरतपुर, ९ असोज
चितवनलाई साक्षर जिल्ला बनाउनको लागि चालु आर्थिक वर्ष २०७०÷०७१ मा दुई करोड ३२ लाख ७९ हजार नौ सय ९० रुपैयाँ छुट्याईएको छ । चितवनका १५ वर्ष भन्दा माथि ६० वर्ष सम्मका उमेर समूहका व्यक्तिहरुलाई साक्षर बनाउन यो रकम खर्च गरिने जिल्ला शिक्षा कार्यालय, चितवनले जनाएको छ ।
गत आर्थिक वर्षमा भएका अनौपचारिक शिक्षा सम्बन्धी क्रियाकलापहरुलाई समीक्षा गर्दै आगामी असार मसान्त सम्ममा चितवन जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने गरि उक्त बजेट विनियोजन गरिएको अनौपचारिक शिक्षा केन्द्र संयोजक तथा जिल्ला शिक्षा कार्यालय, चितवनका उप– सचिव शम्भुप्रसाद पौडेलले जानकारी दिए ।
चितवनका १२ वटा गाविस र दुईवटा नगरपालिकाका १० वटा वडाहरु साक्षर घोषणा भइसकेका छन् । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा जिल्लाका २४ वटा गाविस, भरतपुर नगरपालिकाका १२ वटा वडा र रत्ननगर नगरपालिकाका पाँच वटा वडालाई साक्षर घोषणा गर्ने योजना रहेको जिल्ला शिक्षा कार्यालय, चितवनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
चितवन जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका ४९ हजार चार सय १५ जना निरक्षर रहेका कार्यालयले जनाएको छ । चितवलाई साक्षर जिल्ला घोषणा गर्नको लागि एक हजार सात सय २९ वटा कक्षाहरु सञ्चालन गर्नुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विनियोजित बजेट मध्ये जिल्ला शिक्षा कार्यालय, चितवनले साक्षरता योजना तर्जुमा र समीक्षामा ३० हजार रुपैयाँ, अभिमुखिकरणमा ५६ हजार दुई सय ६० रुपैयाँ र एक हजार सात सय २९ जना सहजकर्ताहरुको तालिमको लागि ३६ लाख ६६ हजार पाँच सय ९० रुपैयाँ छुट्याएको छ । Read the rest of this entry »

सवारी दुर्घटनामा एकै परिवारका ३ को मृत्यु,आफन्तले शव बुझेनन्

७ असोज, नवलपरासी । नवलपरासीको प्रगतिनगरमा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट काठमाडौं जादै गरेको लु १ ख ७३६४ नम्बरको बसले दिउँसो करिब सवा ३ बजेतिर दलदले बजारमा ना १९ प ८३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो । अर्को बसलाई ओभर टेक गर्ने क्रममा बसले मोटरसाइकलाई ठक्कर दिएको थियो । Read the rest of this entry »

Older posts «

» Newer posts