रात्री बसमा हतियार सहितका प्रहरी

असोज १५ बाट विशेष सुरक्षा योजना थपिंदै
सञ्चारपत्र सम्वाददाता
भरतपुर, १० असोज
जिल्ला प्रहरी कार्यालय, चितवनले असोज १५ गतेदेखि कार्यान्वयन हुने गरि पुनः विशेष सुरक्षा योजना लागू गर्ने भएको छ ।
दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राखेर कार्तिक मसान्तसम्म विशेष सुरक्षा योजना लागू गरिने चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कुमार कार्कीले जानकारी दिएका छन् ।
विशेष गरेर दशैँको समयमा हुने गरेका आपराधिक घटनाहरुलाई नियन्त्रण गर्नको लागि अभियान प्रभावकारी हुने प्रहरी उपरीक्षक कार्कीले बताए । ‘दशैं, तिहार र छठको समयमा हुने गुण्डागर्दी, जाँड रक्सी सेवन तथा जुवा तास नियन्त्रणमा प्रहरी परिचालन गर्नेछौँ’ कार्कीले भने ।
चाडपर्वको समयमा यात्रुहरु ठगिने गुनासो आउने हुनाले भरतपुरको आँपटारी र मुग्लिनमा हाई वे चेक प्वाइन्ट राखिने जानकारी कार्कीले दिए । यात्रुहरुलाई अनावश्यक दुख दिने, महङ्गो भाडा लिने तथा यात्रुलाई लठ्याउने औषधी सुँघाएर लुट्ने कार्य नियन्त्रणको लागि हाई वे चेक प्वाइन्ट प्रभावकारी हुने कार्कीको भनाई छ । Read the rest of this entry »

क्यान्सर अस्पतालमा कर्मचारीबीच विवाद

cancer hospitalएमाले कार्यकर्ता सहित चार पक्राउ
सञ्चारपत्र सम्वाददाता
भरतपुर, ९ असोज
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कर्मचारीबीचको विवादमा प्रहरीले बुधबार साँझ नेकपा (एमाले) चितवन जिल्ला कमिटीका दुई जना सदस्य सहित चारजनालाई पक्राउ गरेको छ ।
क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटा र वरिष्ठ अधिकृत एवम् अंकोलोजिष्ट अयोध्या पाठकबीच उत्पन्न विवादपछि त्यहाँ पुगेका एमाले जिल्ला सदस्यहरु रामप्रसाद न्यौपाने, राजु पौडेल, एमाले चितवनका सल्लाहकार शम्भु सुवेदी र अयोध्या पाठकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ गरिएका सवैलाई जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ ।
शम्भु सुवेदी अयोध्याका श्रीमान् हुन् भने रामप्रसाद न्यौपाने क्यान्सर अस्पतालभित्रकै आवासमा बस्छन् । राजु पौडेल क्यान्सर अस्पताल रहेको कृष्णपुरकै स्थानीय बासिन्दा हुन् ।
क्यान्सर अस्पतालकै सुविधामा भारतबाट मेडिकल अंकोलोजी पढेर फर्किएकी बरिष्ठ अधिकृत पाठक र कानुन अधिकृत सापकोटाबीच पाठकको फाइल बढुवाको विषयलाई लिएर विवाद भएको थियो । पाठकले आफुलाई सापकोटाले हातपात गरेको भनि आफ्ना श्रीमान् सुवेदीलाई फोन गरेर बोलाएपछि सुवेदीले पार्टी र साथीभाईलाई खबर गरेका बताइएको छ ।
आज बिहीबार क्यान्सर अस्पतालको चौधौं वार्षिकोत्सव मनाउने सन्दर्भमा बुधवार क्यान्सर अस्पतालमा सञ्चालक समितिको बैठक बसिरहेको थियो । बढुवा र आफुलाई उचित पद दिइनुपर्ने माग गर्दै आइरहेकी पाठकले स्टोर अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेका सापकोटासँग आफ्नो फाइल लिएर सञ्चालक समितिको सोही बैठकमा माग राख्न जान खोज्दा पाठक र सापकोटाबीच विवाद भएको अस्पतालका कर्मचारीहरुले बताएका छन् । ‘विवाद भएको बुझिएको हो तर कसले कुटेको हो भन्ने चाहिँ हामीलाई थाहा भएन’ त्यहाँ कार्यरत एक कर्मचारीले नाम नछाप्न अनुरोध गर्दै भने । Read the rest of this entry »

Older posts «

» Newer posts