पुलिसलाई पनि ‘बेकुफ’ बनायो क्यान्सर प्रशासनले

sp karkiभरतपुर, १० असोज । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विवादका विषयमा पक्राउ गरिएका मध्ये अस्पतालकी वरिष्ठ अधिकृत अयोध्या कुमारी पाठकलाई सार्वजनिक अपराधको मुद्धा चलाउन अनुरोध गर्दै बिहीबार क्यान्सर प्रशासनले प्रहरीलाई जाहेरी पठायो ।
अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटालाई हातपात गरेको अभियोगमा सार्वजनिक अपराधको मुद्धा लगाउन माग गर्दै अस्पतालका कार्यकारी निर्देशक डा. लक्ष्मीनारायण सिंहले प्रहरीलाई पत्र पठाएका थिए । जाहेरी पत्र अनुसार मुद्धा अघि बढाउन चितवन प्रहरी ठिक्क परेको थियो । प्रहरीले सबै कागजात मिलाएर अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला प्रशासनमा कागजात पठाएको थियो । सोही समयमा जिल्ला प्रहरी कार्यालय पुगेका कानुन व्यवसायी, मानवअधिकारकर्मी तथा पत्रकारको टोलीसँग प्रहरी उपरीक्षक प्रद्युम्न कुमार कार्कीले ‘पाठकको व्यवहार ठिक नभएको’ भन्दै म्याद थप गरेर अनुसन्धान अघि बढाउने बताउँदै थिए । Read the rest of this entry »

क्यान्सर अस्पतालको खल्लो वार्षिकोत्सवमा अध्यक्षको प्रश्न ः

Cancerनिर्देशक ज्यू, कर्मचारीलाई खबर गर्न बिर्सेको त होइन ?
प्रतिमा सिलवाल
भरतपुर, १० असोज
‘कार्यकारी निर्देशकले अस्पतालका कर्मचारीहरुलाई निम्ता दिनै बिर्सेको त होइन ? यो अस्पतालमा छ सय जनाको हाराहारीमा कर्मचारी छौं । कार्यक्रम हलभने खाली, किन यस्तो ?’ विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठ बिहीबार अस्पतालको वार्षिकोत्सवमा कार्यकारी निर्देशक डा. लक्ष्मीनारायण सिंहलाई प्रश्न गर्दै थिए ।
अस्पतालको १४ औं वार्षिकोत्सव समारोहमा अस्पतालमा कार्यरत डाक्टर, नर्स तथा कर्मचारीको पातलो उपस्थिति देखेपछि अध्यक्ष श्रेष्ठले सार्वजनिक रुपमै कार्यकारी निर्देशकको कार्यक्षमतामा प्रश्न उठाए । ‘यो हलमा हामी वार्षिकोत्सव मनाउनै आएका हौं त ? उनले थपे, ‘खुसी मनाउने ठाउ“मा भएको योे शुन्यताले मलाई लज्जित बनाएको छ ।’ उनले कर्मचारीहरुको विचमा अस्पतालप्रति देखिएको वितृष्णाप्रति गम्भिर हुन समेत आग्रह गरे ।
क्यान्सर अस्पतालमा लामो समयदेखि कर्मचारीको सेवा सुविधाका विषयमा भएको विवाद बुधबार बेलुका चर्किएको थियो । विवादमा प्रहरीले अस्पतालमा कार्यरत एक वरिष्ठ अधिकृत सहित चार जनालाई पक्राउ गरेको थियो । अस्पतालमा विवाद बढेको कारण नवौं क्यान्सर सतर्कता दिवस तथा १४ औं वार्षिकोत्सव समारोहमा पनि अधिकांश कर्मचारी उपस्थित भएनन् । अस्पतालको अडिटोरियम हलको अधिकांश कूर्ची खाली थिए । कार्यक्रममा अस्पतालका विरामी तथा विरामीका सहयोगीहरु पनि सहभागी थिए । Read the rest of this entry »

Older posts «

» Newer posts