मूल्य बढाउन दवाव दिंदै खसीको मासु बिक्री बन्द

meatप्रतिमा सिलवाल
भरतपुर, ९ असोज
चितवनमा खसीको मासु व्यवसायीले दशैंको मुखमा मासुको मूल्य बढाउन दवाव दि“दै व्यवसाय बन्द गरेका छन् । उनीहरुले पा“च दिनयता खसीको मासु बिक्री गरेका छैनन् । मूल्य बढाउने व्यवसायीको प्रस्ताव जिल्ला प्रशासनले नमानेको भन्दै व्यवसायीहरुले व्यवसाय बन्द गरेर बसेका हुन् ।
गएको वर्ष यसै समयमा खसीको मासुको मूल्य बढाइएको थियो । गत वर्ष चार सय असी रुपैया“ प्रतिकिलोबाट बढाएर छ सय रुपैया“ बनाइएको थियो । अहिले उक्त मूल्यमा खसीको मासु बिक्री गर्न नसक्ने व्यवसायीको अडान छ ।
गएको भदौमा जिल्ला प्रशासन कार्यालय, चितवनलाई खसीको मासु व्यवसायी संघले मासुको मूल्य बढाउन लिखित प्रस्ताव गरेको थियो । उनीहरुको प्रस्तावमा सात सयदेखि आठ सय रुपिया“ प्रतिकिलो मूल्य तोकिनुपर्ने उल्लेख छ । संघको एकतर्फी प्रस्ताव लागू हुनुपर्ने व्यवसायीको माग छ ।
संघका अध्यक्ष उद्धव तिमिल्सिना मासुको मूल्य नबढाए व्यापार गर्न नसक्ने बताउ“छन् । ‘किसानले जिउ“दो खसीको मूल्य बढाएका छन्’ उनले भने, ‘पोहोरकै मूल्यमा बिक्री गरेर व्यापार चलाउन सकि“दैन ।’ अहिले जिउ“दो खसीको मूल्य प्रतिकिलो साढे तीनदेखि चार सय रुपैया“सम्म पर्छ ।
जिल्ला प्रशासन कार्यालय, चितवनले भने दशैंको मुखमा मासुको मूल्य बढाउ“दा उपभोक्ता मारमा पर्ने भएकाले व्यवसायीको मागलाई ‘नाजायज’ भनेको छ । कालाबजारी गरेको भन्दै प्रशासनले भदौमा तीन जना खसीको मासु व्यवसायीलाई कारवाही गरेको थियो । प्रतिकिलो सात सय रुपैयाँमा बेच्दै आएका उनीहरुलाई जिल्ला प्रशासनले धरौटीमा छोडेको छ । Read the rest of this entry »

अधिकारीलाई तेस्रो पटक म्याद थप

krishna prasad

कृष्ण अधिकारी

सञ्चारपत्र सम्वाददाता
भरतपुर, १० असोज
गोरखा फुजेलका कृष्ण अधिकारीको हत्या प्रकरणमा पक्राउ परेका रामप्रसाद अधिकारीलाई अनुसन्धान गर्न जिल्ला अदालत चितवनले बिहीबार तेस्रो पटक म्याद थप गरेको छ । अदालते रामप्रसादलाई पा“च दिनको लागि म्याद थप गरेको हो ।
अधिकारीलाई थुनामा राखेर अनुसन्धान गर्न चितवन प्रहरीले भदौ ३१ गते दश दिन म्याद पाएको थियो । त्यसपछि पनि अदालतबाट १० दिन अनुसन्धानको लागि हिरासतमा राख्न म्याद थप गरिएको थियो ।
अधिकारी काठमाडौंबाट भदौ २१ गते समातिएका हुन् । कृष्णप्रसादको हत्यामा संलग्न भएको भनेर जिल्ला प्रहरी कार्यालयमा ११ जनाका विरुद्ध उजुरी परे पनि रामप्रसाद मात्रै समातिएका छन् । दोस्रोपटक थपिएको म्याद बिहीबार सकिएपछि प्रहरीले थुनामा राख्न थप समय माग गरेको थियो । प्रहरीले अनुसन्धान नसकिएको भनेपछि पा“च दिन म्याद थप गरिएको जिल्ला अदालत चितवनका श्रेस्तेदार दिनबन्धु बरालले जानकारी दिए ।
प्रहरीले हिरासतमा लिएको दिनदेखि २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान रहेको छ । प्रहरीले अनुसन्धान पुरा गरेपछि जिल्ला न्ययाधिवक्ता समक्ष प्रतिवेदन बुझाउ“छ ।
सोही अनुसन्धान प्रतिवेदनको आधारमा कसुर विवरण, प्रमाण र आरोपितहरुलाई हुने सजायँ माग गरेर सरकारी वकिलले जिल्ला अदालतमा मुद्दा दर्ता गर्छन् । मुद्दा दर्ता भएपछि आरोपितलाई थुनामा राख्न जेल पठाउने या तारेखमा छाड्ने भन्ने विषयमा बहस र आदेश हुन्छ ।
रत्ननगरमा २०६१ सालको जेठ २४ गते माओवादी कार्यकर्ताले कृष्णप्रसादको हत्या गरेका थिए । हत्या लगत्तै जेठ २६ मा दोषि पहिचान गरी कावाही गरी पाउ“ भनेर कृष्णका बुबा नन्दप्रसादले चितवन प्रहरीमा उजुरी दिए । उजुरीको सुनुवाई नभएपछि २०६२ सालको मंसिर २६ मा नुरप्रसाद अधिकारीले आफ्नो भाइको हत्यामा संलग्न भएको भन्दै ११ जनाको नाम नै किटान गरेर चितवन प्रहरीमा उजुरी दिएका थिए ।

Older posts «

» Newer posts