चितवनका ३ वटा दैनिक क वर्गमा

प्रेस काउन्सिलको बर्गिकरणमा चितवनका ३ वटा दैनिक पत्रिकाहरु चितवन पोष्ट दैनिक, कायाकैरन राष्ट्रिय दैनिक र पारदर्शी दैनिक क वर्गमा वर्गिकृत भएका छन् । । लोकतन्त्र सन्देश दैनिक घ मा परेको छ । चलानी द्वैमासिक ख मा परेको छ ।चुरे सन्देश साप्ताहिक क मा परेको छ । चितवन साप्ताहिक ख मा परेको छ । अर्काको नक्कल गरेका जोश साप्ताहिक, चितवन आस्था साप्ताहिक र आक्रमण साप्ताहिक भने बर्गिकरणमा नपरेको प्रेस काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिल नेपालद्वारा आ.व. २०६७।०६८ को पत्रपत्रिका वर्गीकरण नतिजा  सार्वजनिक गरिएको छ। वर्गीकरणका लागि फाराम भरेका ८१७ वटा पत्रिकाहरु मध्ये ७१० पत्रिकाको मूल्यांकन वर्गीकरण भई विभिन्न वर्गमा परेका छन् भने बांकी १०७ वटा विविध कारणले वर्गीकरणमा समावेश भएका छैनन् । जसमध्ये राष्ट्रिय ‘क’ वर्ग मा ८४, ‘ख’ वर्गमा ९७, ‘ग’ वर्गमा ४५ र ‘घ’ वर्गमा ११ गरी २३७ वटा पत्रपत्रिका वर्गीकृत भएका छन् । क्षेत्रीय ‘क’ वर्ग मा ३०, ‘ख’ वर्गमा ८६, ‘ग’ वर्गमा ९० र ‘घ’ वर्गमा ३४ गरी २४० वटा पत्रपत्रिका क्षेत्रीय वर्गमा वर्गीकृत भएका छन् भने स्थानीय ‘क’ वर्ग मा २१, ‘ख’ वर्गमा ५६, ‘ग’ वर्गमा १०५ र ‘घ’ वर्गमा ५१ गरी २३३ वटा स्थानीय वर्गमा वर्गीकृत भएका छन् ।

स्रोत :http://www.presscouncilnepal.org/files/abcresult6768.pdf

सरकारी अस्पतालका डाक्टरले निजी अस्पतालमा विरामी पठाएको खुलासा

शिशिर सिंखडा
रत्ननगर,चितवन,१९ असार
पूर्वी चितवनको एक मात्र सरकारी रत्ननगर अस्पतालमा उपचारका लागि गएका विरामीलाई डाक्टरले नै स्थानीय निजी अस्पतालमा उपचारमा आउन भन्दै विरामीलाई पठाउने गरिएको खुलासा भएको छ ।
अस्पतालमा सेवारत डाक्टर सन्तोष अधिकारीले नीजी अस्पतालवाट मोटो रकम असुलेर सरकारी अस्पतालमा आउने विरामीलाई रत्ननगरकै ओमसाईराम अस्पतालमा पठाउने गरेको पाईएको हो । दाँतको उपचार गराउन अस्पताल पुगेकी चतवनको विकट पहाडी गाविस सिद्धि–७ देउजरकी २० बर्षिय जमुना चेपाङलाई डा.अधिकारीले अस्पलालमा उपकरण नभएको भन्दै ओमसाईराम अस्पतालमा पठाएपछि यस्तो घटना सार्वजनिक भएको हो । बुधबार विहान साढे १० बजे सरकारी अस्पताल पुगेकी विरामी जमुना चेपाङले १० रुपैयाको टिकट लिई डा. अधिकारीको कक्षमा उपचारको लागि गएकी थिईन । Read the rest of this entry »

Older posts «

» Newer posts