अश्लील सीडी हेर्दा मन्त्री पद चट्

raghabभोपाल(एजेन्सी), असार २२ – भारतको मध्यप्रदेशका वित्तमन्त्री एवं भारतीय जनता पार्टीका बरिष्ठ नेता राघवजीले अश्लील सिडि प्रकरणमा मुछिएपछि राजीनामा दिएका छन् । युवा घरेलु कामदारले उनीमाथि अप्राकृतिक यौन दुराचारको आरोप लगाउँदै प्रहरीमा ऊजुरी दिएका छन् ।

यस बारेमा सार्वजनिक भएको सिडिमा उनी आपत्तिजनक स्थितिमा देखा परेका छन् । ८० वर्षे राघवजीले मुख्यमन्त्री शिवराज सिंह चौहान समक्ष राजीनामा दिएका छन् । सिंहले उनीसँग स्वयं राजीनामा मागेको सार्वजनिक भएको छ । वित्तमन्त्रीले आफूमाथि लागेको आरोपको सामान्य ढंगले खण्डन गरेका छन् । ती युवक गरिब परिवारको भएको र आफूले सहयोग गर्दै आएको उनले बताएका छन् ।

 ती कामदार मन्त्रीकै गृहनगर विदिसा जिल्लाका वासी हुन् । प्रहरीको ऊजुरीमा उनको ३ वर्षदेखि शारीरिक शोषण भइरहेको भनिएको छ । उनले सन २००४ देखि २०१३ सम्म लगातार बजेट प्रस्तुत गरेको रेकर्ड बनाइसकेका छन् । उनी मध्यप्रदेशको भाजपा नेतामध्ये एक हुन् । उनी चार पटक विद्यायक, लोकसभा र राज्य सभाका सदस्य पनि रहिसकेका छन् । मुख्यमन्त्री चौहानले जलस्रोत मन्त्री जयन्त मलैयालाई वितमन्त्रालयको जिम्मबारी पनि दिएका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको र पीडितको चिकित्सकीय जाँच गरिने बताएको छ ।

मङ्सिर ४को निर्वाचन हुन दिंदैनौ ः गजुरेल

नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले आपूmहरु निर्वाचनको विरोधी नभएको दावी गर्नुभएको छ । तर उहाँले मङ्सिर ४ मा तोकिएको निर्वाचन राष्ट्रिय हित र जनतन्त्र विरुद्धको निर्वाचन भएकोले आफुहरुले कुनै हालतमा यो निर्बाचन हुन नदिने बताउनुभयो ।
चितवनको भरतपुरमा भएको प्रेमबहादुर पंडित तथा डम्बर कुमारी पंडित साहित्य प्रतिष्ठानको दोस्रो स्मृतिसभा तथा पहिलो स्र्रष्टा सम्मान पुरस्कार वितरण कार्यक्रममा गजुरेलले उक्त कुरा बताउनुभएको हो ।
उहाँले आपूmहरुले खिलराज रेग्मी सरकारको बहिर्गमन, चारदलीय सिन्डीकेट खारेज र २५ बुँदे र ११ बँुदे सहमति खारेजीको माग राखेको र माग पूरा भए निर्वाचनमा सहभागी हुने बताउनुभयो । गजुरेलले अहिलेको अवस्थामा जनयुद्ध असान्दर्भिक भएको भन्दै आपूmहरु युद्धमा होमिने मनस्थितिमा नभएको प्रष्ट पार्नुभयो ।

Older posts «

» Newer posts