चैत १२ रामपुरमा सोमबार विहान बस पल्टदा ६ जना घाइते भएका छन् । गोलाघाटबाट नारायणगढतर्फ आउदै गरेको ना ३ ख ६१३६ नम्बरको बस , अर्को गाडीलाई ओभरटेक गने क्रममा खेतमा पल्टीएको स्थानीयवासीले बताएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर भएको बताइएको छ । घाइतेहरुलाई उपचारका लागी भरतपुर ल्याइदैछ ।