«

»

Episode 193: Co-operative vs Corporate

‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ नाराका साथ यो बर्षको बजेटले सहकारीलाई उच्च प्राथमिकता दिएको छ । बजेटमार्फत सहकारीलाई अर्थतन्त्रको एउटा खम्वा भन्दै त्यसको विस्तार र विकास गर्ने नीति सार्वजनिक भएपछि यसको पक्ष र विपक्षमा थुप्रै तर्क र वितर्कहरु भएका छन् । के तर सरकारले भनेजस्तो नेपाली अर्थतन्त्रको एउटा खम्वा सहकारी हुन सक्छ त? विपन्न र गरीव समुदायको आर्थिक अवस्था उकास्ने अचुक अस्त्र सहकारी नै हो त?
सहकारीको गतिविधी धेरै हुने काभ्रे जिल्लामा तयार गरिएको यसपटकको साझा सवालको( बहसमा राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष केशव बडाल, सहकारी विभागका रजिष्ट्रार सुदर्शन ढकाल र अर्थविश्लेषक डा. चिरञ्जिवि नेपाल हुनुहुन्छ ।