«

»

झण्डै करोड लिएर फरार महिला पक्राउ update !!!

चितवनको रत्ननगरका  महिलाहरुबाट करिब एक करोड रकम लिएर फरार भएको आरोप लागेकी एक महिलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । । रत्ननगरस्थित सालघारीकी उमा रिमाललाई कैलालीको धनगढीबाट पक्राउ गरी बिहीबार चितवन ल्याइएको हो । उनको बिषयम अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । चितवन प्रहरीले दिएको सूचनाको आधारमा कैलालीको धनगढीस्थित नकुल जिसीको घरबाट गएराति उनलाई कैलाली प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रत्नगरका प्रमुख केदार पन्तले बताउनुभयो ।

चितवनबाट खटाइएको प्रहरी टोलीले उनलाई बिहीबार बिहान जिल्ला ल्याएको र जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।गएको पँचगतेदेखि फरार हुँदै आएकी रिमालविरुद्ध ७ गते स्थानीय पीडितहरुले उजुरी दिएका थिए ।  पीडितहरुले इलाका प्रहरी कार्यालय रत्ननगरमा दिएको जाहेरीमा स्थानीय कमला भट्टको ४३ लाख, बुधबार मात्रै आत्महत्या गरेकी सावित्री नेपालको १४ लाख, सुनिता तिवारी अर्यालको एक लाख ५० हजार र निर्मला तामाङको दुई लाख ३० हजार रुपैयाँ लगेको उल्लिखित छ ।

यस्तै जाहेरीमा कौसिला थापाको एक लाख ५० हजार, धिरज श्रेष्ठकोसात लाख, मुना घिमिरेको तीन लाख ६० हजार र शर्मिला भट्टको सुनको गहना उमाले लगेको जाहेरी परेको प्रहरी निरीक्षक पन्तले जानकारी दिनुभयो । उमाले ७५ लाख रुपैयाँ लगेको जाहेरीमा खुलाइएको छ