«

»

करिब डेढ करोड ठगी गर्ने उमा रिमाल पक्राउ

धेरै ब्याज दिने प्रलोभनमा पारी करिब डेढ करोड रुपैया ठगी गरी फरार रहेको अभियोग लागेकी चितवनको उमा रिमाललाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ ।श्रीमान चिरीञ्जीबि सहित उमा रिमाललाई आफुहरुको आग्रहमा जिल्ला प्रहरी कार्यालय कैलालीले आज बिहान नियन्त्रणमा लिएपछि उनिहरुलाई लिन चितवनबाट दुईजनाको टोली पठाइएको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरिक्षक केदार पन्तले जानकारी दिनु भयो ।रिमालले चार बर्षको अवधीमा रत्ननगरका बिभिन्न वडाका महिलासंग ब्याज धेरै दिने भन्दै पाच सय देखि ४३ लाख रुपैया सम्म ठगी गरेको पिडितहरुले बताएका छन् । धेरै ब्याज दिने प्रलोभनमा परि रिमाललाई १४ लाख रुपैया बुझाएकी रत्ननगर ९ सालघारीकी ५६ बर्षीया साबित्री नेपालले आज बिहान बिष सेवन गरी आत्महत्या गरेपछि प्रहरीले रिमाललाई नियन्त्रणमा लिन चासो देखाएको हो ।यस अघि जेष्ठ ७ गते  पिडितहरुले निबेदन दिएपनि प्रहरीले बेवास्ता गरेको पिडितहरुले गुनासो गरेका छन् ।प्रहरीले समयमै चासो दिएको भए यस्तो घट्ना हुने थिएन मृतकका देवक कृष्ण नेपालले गुनासो गर्नु भयो ।

जेठ ५ गते देखि फरार रहेकी रिमालले साबीत्रीबाट २ लाख रुपैया मात्र लिएको र अनावश्यक होहल्ला गरे उल्टै कारवाही गराउने धम्की दिएपछी साबित्रीले आत्महत्या गरेको परिवारका सदस्यले बताएका छन् । रिमाल धनगढीमा रहेको जानकारी पाएपछि उनका श्रीमान चिरिञ्जबीसंगै धनगढी पुगेर आएका स्थानीय श्यामराज बरालले उमा संग गरिएको कुराकानीको रेकर्ड गएराति साबित्रीलाई सुनाएपछि यस्तो घट्ना भएको परिवारका सदस्यले बताएका छन् ।

रत्ननगर ९ सालघारीका हरेक घर बाट केही न केही रकम लिएको भएपनि उमा रिमाल परार भएपछि मात्र एक अर्कोलाई उनले रकम दिएको थाहा भएको थियो ।केही दिन अगाडीनै उनी रकम लिएर फरार रहेको रहस्य खुलेपनि प्रहरीले नियन्त्रणमा नलिदा सम्म समाचार प्रकाशन प्रकाशन नगर्न पिडितहरुले आग्रह गर्दै आएका थिए ।

यसैबीच, स्थानीय महिलाले उमासंगको कुराकानीको रेकर्ड सुनाउने श्यामराज बरालको समेत घट्नामा संलग्नता रहेको हुन सक्ने भन्दै उनलाई समेत कारवाहीको माग गरेका छन् । बरालले समेत उल्टै कारवाही हुन सक्ने डर देखाएकोले साबीत्रीले आत्महत्या गरेको भन्दै स्थानीय महिलाहरु जिल्ला प्रहरी कार्यालय पुगेर बराल बिरुद्ध समेत ज्यानमार्ने उधोग अन्र्तगत मुद्धा दर्ता गराउन खोजेपनि जिल्ला प्रहरीले भने उजुरी दर्ता नगरि फिर्ता पठाएको छ । आज बिहान स्थानियले बरालको घर समेत घेराउ गरेका थिए । मृतकको शबको पोष्ट मार्टमपछी फेरी आन्दोलन चर्काउने स्थानिय महिलाहरुले चेतावनी दिएका छन् ।