डोल्पा (त्रिपुराकोट), १६ मङ्सिर । विश्वमा मानिस जति नै करुणामयी वा दानी भएता पनि अर्काको जीवन बचाउन आफ्नो अङ्गदान गर्ने मान्छे कमै मात्रैमा हुन्छन् । तर डोल्पाका एक युवाले आफ्नो आधा कलेजो दान गरेका छन् ।
डोल्पाको सदरमुकाम दुनैमा बस्ने चाँद हमालले आफ्ना बुबा अङ्गतकुमार हमाललार्ई पुनः जीवन प्रदान गरेका छन् ।
पेसाले जिल्ला विकास समितिको इन्जिनियर रहेका हमालको धेरै मदिरापानको कारण आधा कलेजो बिग्रेकाले बुबालाई बचाउन आधा कलेजो दान गरेको चाँद हमालले बताउनुभयो ।
नेपालमा उपचार सम्भव नभएपछि भारतको मुम्बईमा रहेको अस्पतालमा सफल कलेजो प्रत्यारोपण गरिएको र अहिले बुबा छोरा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको बिरामीका आफन्तले जनाएका छन् । रासस

![;fdflhs ¿kfGt/0f sfhlqmof ug]{ k/Dk/fdf gjLgtf / ;'wf/sf nflu emfkfsf] zflGtgu/df gofF z}nLsf] sfhlqmof ub}{ bLks kf}8]nsf 5f]/Lx? . tl:a/ M Zofd l/dfn, /f;;](http://www.chitawan.com/wp-content/uploads/2015/12/1449051966937_SR-Ktm-Kajkriya-300x200.jpg)