
भूकम्पबाट पीडित भइ ‘रातो कार्ड’ पाएकालाई सहयोग गर्न चण्डिभञ्ज्याङमा सर्वदलीय सर्वपक्षीय भूकम्पपीडित सहयोग समितिका सदस्यसँग भेला भएका स्थानीयहरु । समितिले चितवनको नौवटा गाविसमा ५२ लाख रुपैयाँ राहत सहयोग गर्दैछ ।
सञ्चारपत्र सम्वाददाता
भरतपुर, १७ भदौ
चितवनका राजनीतिक दलहरुको सक्रियतामा गठित ‘सर्वदलीय सर्वपक्षीय भूकम्पपीडित सहयोग समिति’ ले भूकम्पबाट पूर्ण रुपमा प्रभावितहरुलाई सहयोग वितरण गर्न सुरु गरेको छ । गएको वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण पूर्णरुपमा प्रभावित भएका जिल्लाका बासिन्दालाई यहाँका राजनीतिक दलले सङ्कलन गरेको रकम नगदै वितरण गर्न बिहीबारबाट सुरु गरेका हुन् ।

