
उज्यालोको आशा ः नवौँ मानव बेचबिखन विरुद्धको सप्ताहव्यापी कार्यक्रम सोमबार साँझ भरतपुरको चौबिसकोठीमा नेपालको झण्डा बनाई मैनवत्ती प्रज्वलन गरेर सुरुवात गरियो । अन्तर पार्टी महिला सञ्चाल चितवनको आयोजनामा भएको उक्त दीप प्रज्वलन कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, स्थानीय विकास अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी प्रमुख सहकुलबहादुर थापालगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । तस्विरः सञ्चारपत्र