देशको कुल जनसंख्याको करिव ३१ प्रतिशत अर्थात ८७ लाख नेपालीको हातमा मोबाईल सेट पुगिसकेकोछ। रोजगारीका लागि विदेश जानेहरु घरमा रहेकाहरुसँग अनलाईनमा कुरा गर्न रुचाउँछन। सरकार ई-गभर्नेन्स अर्थात विद्युतीय सरकारको कुरा गर्छ भने बिज्ञहरु नेपालमै बसेर विदेशको काम गर्ने आउटसोर्सिङबाट करोडौं आम्दानी गर्न सक्ने संभावना रहेको बताउँछन। तर, सूचना प्रविधिको विकास गर्न सरकारले आठ वर्ष अघि बनेपामा बनाएको सूचना प्रविधि (आइटी) पार्क अहिलेसम्म उपयोगमा आउन सकेको छैन।
बनेपाको आइटी पार्कमा तयार भएको साझा सवालको १६८ औं अंकमा सूचना प्रविधि उच्चस्तरीय आयोगका उपाध्यक्ष – महोहर भट्टराई,गाउँ गाउँमा तार रहित ईन्टरनेटको विस्तारमा लागिरहेका समाजसेवी महावीर पुन (एशियाको नोवेल पुरस्कार मानिने म्यागसेसे पुरस्कारवाट पुरष्कृत)र कम्प्युटर एसोसियसन अफ नेपालका पूर्व अध्यक्ष तथा सूचना प्रविधी व्यवसायी विप्लव मान सिंहसँगको बहस छ।

