«

»

Episode 205: Bhattarai Government and Peace Process

शान्ति प्रक्रिया टुङ्याउने र संविधान जारी गर्ने कामको जिम्मा लिएर बाबुराम भट्टराई प्रधानमन्त्री भएको डेढ महिना बित्यो। सरकार गठन हुनासाथ हतियार राखेका कन्टेनरको माओवादी शिविरका साँचो विशेष समितिलाई बुझाइए पनि त्यसयता शान्ति प्रकियामा के प्रगति भयो त ?

संविधान लेख्ने म्याद पनि अब ४५ दिन मात्र बाँकी छ । के गर्ने विचारमा छन् दलहरु ?

२०६३ साल मंसिरमा छ महिनामा शान्ति प्रकिया टुङ्याउने भनेर वृहत शान्ति सम्झौता गरेयता पाँच वर्ष बित्यो अनि पाँच वटा सरकार बने । तर दलहरु अझै पनि शान्ति प्रक्रियालाई टुङ्याउने भन्ने छलफलमै व्यस्त छन्। कहिले टुङ्गिन्छ त यो प्रक्रिया ?

यो विषयमा छलफल गर्न आज हामीसँग एकिकृत नेकपा माओवादीका नेता तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेल, नेपाली काँग्रेसका नेता एवं सभासद मनमोहन भट्टराई र नेकपा एमालेका नेता एवं सभासद प्रदीप ज्ञवाली।