«

»

Episode 207: Differently Abled People

अपाङ्गता भएका केहीले आफ्नो जीवन साङगहरुले भन्दा पनि सार्थक बनाएका छन्। अपाङ्गप्रति नेपाली समाजको सोंच कस्तो छ र उनीहरूका लागि कस्तो नीति बन्नुपर्छ त? धेरैजसो साङ्गहरुले गरेको देशको राजनीति झण्डै अपाङ्ग/अंगघात/विकलाङ्ग जस्तो बनेका बेला आज हामी शारिरिक रुपमा साँच्चै अपाङ्ग भएर पनि सवलाङ्ग भन्दा कुनै कुरामा कम नरहेकाहरुसंग कुराकानी गर्दैछौं। उहाँहरु कसैको हात छैन, कसैको खुट्टा छैन, कोही आँखा देख्नुहुन्न, कोही कान सुन्नुहुन्न; र पनि अरु भन्दा काममा कतै फरक हुनुहुन्न। भिन्न रुपमा सक्षमहरुको यो बहसमा हामीसँग प्यानलमा हुनुहन्छ – जापानको टोकियो युनिभर्सिटीबाट विद्यावारिधी गर्नुभएका डा. कमल लामिछाने, सभासद इन्द्रमाया गुरुङ र निजामती सेवाका कर्मचारी सुशिला ढकाल हुनुहुन्छ ।