काठमाडौं, ११ चैत पदाधिकारी नियुक्तिसँगै निर्वाचन आयोगले असार पहिलो साताभित्रै चुनाव गराउने गृहकार्य सुरु गरेको छ । पदाधिकारीले पदभार ग्रहण गर्नासाथ चुनाव तयारी अझ बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । असारभित्रै चुनाव गर्न दलहरूले आफूहरूलाई जिम्मेवारीमा फर्काएको पदाधिकारीहरूको भनाइ छ । ‘हामी आयोगबाट तीन महिनाभन्दा बढी बाहिर भयौँ, फेरि आज (आइतबार)बाट पदभार ग्रहण गरेका छौँ,’ आयुक्त अयोधीप्रसाद यादवले …
