काठमाडाँै, १६ मङ्सिर । प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार चेतन अधिकारी नियुक्त हुनुभएको छ । विसं २०५२ देखि पत्रकारितामा आबद्ध झापा जिल्ला दमक नगरपालिका १० निवासी अधिकारीलाई विशिष्ट श्रेणी (सचिव) सरहको सुविधासहित आज नियुक्त गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । आमसञ्चार तथा पत्रकारिता र जनसङ्ख्या विषयमा स्नातकोत्तर गर्नुभएका उहाँ कान्तिपुर दैनिकको झापा समाचारदाता हुनुहुन्थ्यो । …
Category Archive: राष्ट्रीय समाचारहरू
राष्ट्रपति भण्डारीद्वारा विद्युतीय हस्ताक्षर शुभारम्भ
काठमाडाँै, १६ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक समारोहका बीच नेपालमा पहिलोपटक विद्युतीय हस्ताक्षर शुभारम्भ गर्नुभयो । विद्युतीय कारोबारलाई सुरक्षित तथा भरपर्दाे बनाउने हेतुले प्रमाणीकरण नियन्त्रकको कार्यालयले विद्युतीय कारोबार ऐन, २०६३ र सो सम्बन्धी नियमावली, २०६४ अन्तर्गत सो कार्यको सुरुवात गरेको हो । विद्युतीय हस्ताक्षर शुभारम्भ गर्नुहँुदै राष्ट्रपति भण्डारीले सूचना प्रविधिको यथोचित प्रयोग गर्दै …