सञ्चारपत्र सम्वाददाता भरतपुर, १७ भदौ चितवनका राजनीतिक दलहरुको सक्रियतामा गठित ‘सर्वदलीय सर्वपक्षीय भूकम्पपीडित सहयोग समिति’ ले भूकम्पबाट पूर्ण रुपमा प्रभावितहरुलाई सहयोग वितरण गर्न सुरु गरेको छ । गएको वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण पूर्णरुपमा प्रभावित भएका जिल्लाका बासिन्दालाई यहाँका राजनीतिक दलले सङ्कलन गरेको रकम नगदै वितरण गर्न बिहीबारबाट सुरु गरेका हुन् ।
Category Archive: राष्ट्रीय समाचारहरू
आदर्श गृहमा स्टेशनरी वितरण
सञ्चारपत्र सम्वाददाता भरतपुर, १३ भदौ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा आदर्श गृहमा आश्रित बालबालिकालाई स्टेशनरी वितरण गरेको छ । कृष्णपुरस्थित आदर्श गृहमै आइतबार पुगेर स्टेशनरी वितरण गरिएको हो । गृहकी अध्यक्ष मिना खरेलको अध्यक्षतामा आयोजना गरिएको स्टेशनरी वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल प्रमुख अतिथि …


