सञ्चारपत्र सम्वाददाता भरतपुर, १९ भदौ रामपुर कृषि क्याम्पसमा अध्ययनरत एक विद्यार्थी परीक्षामा राम्रो लेखेकै कारण कुटिएका छन् । बिएस्सी एजीका विद्यार्थी जनक पन्तले परीक्षामा राम्रो गरेकै कारण आफुमाथि कुटपीट र चक्कु प्रहार भएको बताएका छन् । अनेरास्ववियूका जिल्ला अध्यक्ष केशव कँडेलले त्रिभुवन विश्वविद्यालयद्वारा लिइएको बिएस्सी एजी दोस्रो वर्ष, तेस्रो सेमिस्टारको जेनेटिक्स विषयको प्रश्नपत्र राम्रोसँग हल …
Category Archive: राष्ट्रीय समाचारहरू
विनोद चौधरी नवलपरासी– १ बाट एमालेबाट सर्वसम्मत
सञ्चारपत्र सम्वाददाता गैडाकोट, १९ भदौ अर्बपति विनोद चौधरी आगामी मंसिरमा हुने संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र नम्वर–१ मा नेकपा (एमाले) को तर्फबाट प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिसमा परेका छन् । एमाले नवलपरासी क्षेत्र नम्वर–१ को दलदलेमा बुधवार सम्पन्न बैठकले चौधरीलाई प्रत्यक्षतर्फ सर्वसम्मत उमेदवारको रुपमा सिफारिस गरेको क्षेत्रीय अध्यक्ष शिवहरी अधिकारीले जानकारी दिए । उद्योगपति चौधरी अघिल्लो संविधानसभामा नवलपरासी …

