|
Latest
|
|
काठमाडौं। इनेपाल न्यूज डट कम पुस २२।संविधान सभा र व्यवस्थापिकाका विभिन्न समितिका सभापतिको चुनाव २९ गतेका लागि सरेको छ । सभापति चयनका लागि दलहरुबीचको प्रयास सहमति हुन नसकेपछि संविधान सभाको कार्यतालिका तेस्रो पटक परिवर्तन भएको हो । यसअघि दर्ुइ पटक कार्यतालिका परिवर्तन भईसकेको थियो । पछिल्लो पटक २५ गतेका लागि चुनावको मिति तोकिएको थियो । दलहरुको प्रयास सहमतिमा पुग्न नसकेपछि कार्यव्यवस्था समितिले गरेको नयाँ मितिको प्रस्तावलाई संविधान सभाले अनुमोदन गरेको छ । सभापति चयनमा साना दलले आफूलाई नसोधिएको भन्दै समितिनै बहिस्कार गर्ने चेतावनी दिएपछि ठूला दलले साना दलसँग पनि सहमतिको प्रयास गरेका थिए । २९ गते विहान ८ बजे संविधान सभा र १० बजे व्यवस्थापिका अर्न्तर्गतका समितिको चुनाव हुनेछ । दिउँसो ३ बजेका लागि बोलाइएको संविधान सभा बैठक बेलुकी सवा सात बजे मात्र ५ मिनेट जति बसेर अर्को सूचना जारी नहुँदासम्मका स्थगित भएको छ । यस्तै, ६ पटकसम्म कांग्रेसको बहिस्कार र ३ पटकसम्म साना दलको अवरोधका कारण बस्न नसकेको व्यवस्थापिका बैठक आज पनि बस्न सकेन् । छात्रवृत्ति सम्बन्धी विधेयक फिर्ता लिएर व्यवस्थापिका वैठक सुचारु गर्न आठ दल सहमत भएपनि शिक्षा मन्त्री रेणु यादव सदनमा नगएपछि बैठक बस्न नसकेको हो । रेणु यादव उपस्थित हुनुपर्ने साना दलले माग गरेपछि बैठक बस्न सकेन । संविधान सभामा रहेका मुख्य ८ दलबीच बिहान भएको छलफलमा विधेयक फिर्ता लिएर व्यवस्थापिका वैठक सुचारु गर्ने सहमति भएको थियो । छलफलमा छात्रवृत्तिसम्वन्धि विधेयक फिर्ता लिने र त्यसलाई अध्यादेशबाट लैजाने सहमति भएको कांग्रेस नेता लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । छात्रवृत्तिमा दलितको कोटा न्ाौं प्रतिशतबाट बढाएर पूरानै १५ प्रतिशत पुर्याउने सहमति भएको छ । साना दलले विधेयक फिर्ता लिन माग गर्दै आएका थिए । |
|
|
Latest
|
|
काठमाडौं। इनेपाल न्यूज डट कम पुस १८।स्थानीय बासिन्दासँग जग्गाको मुआव्जा सम्बन्धी बिबाद फेरि बढेपछि त्रिभुवन बिश्वविद्यालय अनिश्चितकालका लागि बन्द भएको छ । आफुहरुसँगको सम्झौता पालना नभएको भन्दै स्थानीय बासिन्दाले तोडफोड गरेपछि प्रशासनले सुचना निकालेर सुरक्षाको कारण देखाउँदै बिश्वविद्यालय बन्दको घोषणा गरेको हो । २०१३ सालमा विश्वविद्यालय स्थापना गर्दा भएका मुआव्जा र रोजगारी सम्बन्धी सम्झौता पालना नभएको भन्दै स्थानीय बासिन्दाले आज बिश्जविद्यालयको ग्रामीण विकास र अंग्रेजी केन्द्रीय विभाग तथा उपकुलपतिको कार्यालयमा तोडफोड गरेका छन् । बिश्वविद्यालयको पर्खाल पनि ठाउँठाउँमा भत्काइएको छ । स्थानीय बासिन्दाले जग्गाको मुआव्जा र जागिरको माग गर्दै हिजो ज्ञापनपत्र बुझाएका थिए । सरकारले बिश्वविद्यालयका लागि ६५ सय रोपनी जग्गा अध्रि्रहण गरेको छ । तर आफ्नो जग्गाको मुआव्जा नपाएको भन्दै स्थानीय बासिन्दा र बिश्वविद्यालयबीच पटक पटक बिबाद भइरहेको छ । तोडफोड पछि बिश्वविद्यालय परिसरमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । बिश्वविद्यालयलाई प्रहरीले घेरेर राखेको छ । स्थानीय बासिन्दाले अहिले किर्तीपुरमा पर््रदर्शन गरिरहेका छन् । पर््रदर्शनका कारण किर्तीपुर क्षेत्रमा गाडी चलेका छैनन् । |
|
|
|