«

»

हाजिरीजवाफ प्रतियोगिता हुने

भरतपुर । जिल्लास्तरीय सचेतनामूलक हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ । फागुन ८ गते उवासंघ चितवनको सभाहलमा कार्यक्रम हुन लागेको हो ।
प्रतियोगिताको मुख्य आयोजकमा पुष्पाञ्जली अस्पताल भरतपुर, क्षेत्रीय रक्तसञ्चार केन्द्र चितवन, ट्राफिक प्रहरी कार्यालय भरतपुर, उद्योग वाणिज्य संघ–चितवन र सह आयोजकहरुमा, मधुमेह समाज चितवन, नेपाल हर्ट फाउण्डेसन चितवन शाखा रहेका छन् ।
यस प्रतियोगितामा चितवन र गैंडाकोटका गरी कुल १८ वटा प्लस टू विज्ञान कलेजहरुले सहभागिता जनाउने पक्का भएको पुष्पाञ्जली अस्पताल भरतपुरका एमडी डा. भोजराज अधिकारीले जानकारी दिए ।
हाजिरीजवाफमा प्रश्न क्षेत्रहरु ट्राफिक नियम, रगतको मह¤व, रेडक्रस र रक्तदान, उच्च रक्तचाप, मधुमेह, मुटु र विविध रहेका छन् । पहिलो हुनेले २० हजार रुपैयाँ, दोस्रोले १५ हजार, तेस्रो १० हजार र सान्त्वनाले ५ हजार र प्रमाणपत्र पाउने आयोजकले बिहीबार उवासंघ चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।