«

»

महासङ्घ केन्द्रीय समिति बैठक नवलपरासीमा

fnjपरासी, १६ मङ्सिर । नेपाल पत्रकार महासङ्घको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक नवलपरासीको अमलटारी ‘होमस्टे’ यही मङ्सिर २६ र २७ गते बस्ने भएको छ ।

आन्तरिक पर्यटनको प्रवद्र्धन तथा विभिन्न पेसागत एजेण्डामा बैठक केन्द्रित हुने महासङ्घले जनाएको छ । अमलटारीमा बैठक हुने भएपछि नेपाल पत्रकार महासङ्घ नवलपरासीले त्यसको व्यवस्थापन गर्ने काम अघि बढाएको महासङ्घ नवलपरासी शाखाका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

त्यस्तै सो क्रममा तराई मधेसका सबै जिल्लाका महासङ्घका अध्यक्षको भेला तथा बैठकसमेत हुने बताइएको छ । रासस