«

»

विद्यालय बन्द नगर्ने दलहरुको प्रतिबद्धता

schoolसञ्चारपत्र सम्वाददाता
भरतपुर, १३ भदौ
विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न चितवनका राजनीतिक दलका नेताहरु सहमत भएका छन् । विद्यालयलाई बन्द तथा हड्तालबाट मुक्त गरी बालबालिकाले पढ्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले प्रतिबद्धता जनाएका हुन् ।
जिल्ला शिक्षा कार्यालय चितवनले आईतबार भरतपुरमा आयोजना गरेको ‘विद्यालय शान्ति क्षेत्र’ सम्बन्धी अन्तक्र्रियामा सहभागी भएका राजनीतिक दलका जिल्ला नेताहरुले विगतका गल्ती अब नदोहो¥याउने भन्दै बन्द हड्तालबाट विद्यालय र विद्यार्थीलाई टाढै राख्ने प्रतिबद्धता समेत जनाए ।
अन्तक्र्रियामा नेकपा एमाले चितवनका सचिब तेजेन्द्र खड्काले हड्ताल र बन्दले प्राप्त अधिकार संस्थागत हुन नसक्ने भन्दै आफ्नो दलले त्यस्तो क्रियाकलाप नगर्ने बताए । नयाँ संविधानजारी गर्ने सयममा बन्द हड्ताल आवश्यक नभएको एमाले सचिव खड्काको भनाई थियो । राजनीतिक मुद्दाको बिषयलाई लिएर नेकपा एमालेले विद्यालय बन्द तथा हड्तालका कार्यहरु कहिल्यै नगर्ने प्रतिबद्धता उनले गरे ।
नेपाली काङ्ग्रेसका जिल्ला सदस्य शालिग्राम शर्माले विद्यालय र बालबालिकालाई शान्ति क्षेत्र कायम गर्नु आवश्यक भएको कुरामा आफ्नो पार्टीको दुईमत नरहेको बताए । विद्यालय बन्द तथा हड्तालका कार्यक्रमहरु कहिल्यै आयोजना नगर्ने सम्बन्धमा पार्टीमा प्रस्ताव राखेर छलफल गर्ने शर्माले प्रतिबद्धता जनाए । हड्ताल र बन्दका कारण विद्यालय पठन पाठनमा अबरोध भएको घटनाहरुको तथ्याङ्क सार्वजनिक भएको भए राम्रो हुने शर्माको भनाई थियो ।
एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज इश्वरी भट्टराईले अन्तक्र्रिया कार्यक्रमको विषय सान्दर्भिक, जायज र न्यायोचित भएको बताए । विद्यालय र बालबालिकालाई शान्ति क्षेत्र बनाउने विषय आवश्यक रहेको तर सो सम्बन्धी निर्देशिकालाई कार्यान्वयन गर्ने सम्बन्धमा थप छलफल आवश्यक रहेको उनले बताए । नयाँ संविधान जारी गर्ने तयारीको अन्तिम अवस्थामा बन्द तथा हड्तालको कुनै आवश्यकता नभएको भन्दै यस्ता क्रियाकलापले संविधान बन्न नदिने षडयन्त्रलाई मद्दत पुग्ने उनको भनाई थियो ।
नेकपा मालेका जिल्ला सचिव परशुराम लामिछानेले नेपालको अन्तरिम संविधान २०६३ र नयाँ संविधानको मस्यौदामा समेत शिक्षालाई मौलिक हकको रुपमा राखिएकोले विद्यार्थीको पढ्न पाउने हकलाई बाधा पु¥याउन नहुने धारणा राखे । विगतमा शिक्षकहरुले समेत विद्यालय बन्द गर्ने गरेकोले बन्द गर्ने प्रवृत्तिलाई सहयोग पुगेको, शान्ति क्षेत्र सम्बन्धी निर्देशिका कार्यान्वयन फितलो भएको र व्यापक अन्तक्र्रियाको खाँचो रहेको लामिछानेले बताए ।
राप्रपाका जिल्ला अध्यक्ष रामहरि कँडेलले आफ्नो दलले बिगत १३ वर्षदेखि कहिल्यै विद्यालय बन्द तथा हड्ताल नगरेको बताउँदै अब पनि नगर्ने प्रतिबद्धता गरे । विद्यालय र विद्यार्थीलाई शान्ति क्षेत्र कायम गर्ने विषय महत्वपूर्ण रहेको कँडेलको भनाई थियो ।

नेकपा–माओवादीका जिल्ला सदस्य सुरेश गौतमले विद्यालयमा भौतिक पूर्वाधारहरुको व्यवस्था राम्रो नभएसम्म बन्द हड्ताल नरोकिने र विद्यालय तथा बालबालिकालाई शान्ति क्षेत्र कायम राख्न कठिन हुने बताए । आफ्नो पार्टी विद्यालयलाई शान्ति क्षेत्र कायम गर्ने कुरामा सहमत रहेको गौतमको भनाइए थियो ।
नेपाल मजदुर किसान पार्टीका जिल्ला सदस्य राजकुमार श्रेष्ठले विद्यालयमा भौतिक लगायतका धेरै किसिमका समस्याहरु भएकोले ती समस्याहरु समाधान नगरी विद्यालयलाई शान्ति क्षेत्र बनाउन नसकिने बताए ।
अभिभावक संगठनका प्रतिनिधि एवम् जिल्ला शिक्षा समिति चितवनका सदस्य टेकबहादुर थापाले विद्यालयका तमाम समस्याहरुको समाधान नगरी विद्यालयलाई शान्ति क्षेत्र बनाउन कठिन हुने बताए ।
अर्का अभिभावक प्रतिनिधि सूर्यकान्त न्यौपानेले विद्यालयलाई शान्ति क्षेत्र कायम गर्नु आवश्यक भएकोले राजनीतिक दल तथा अन्य पक्षहरुले बिभिन्न मागहरु राखेर आन्दोलन गर्दा विद्यालय बन्द गर्न नहुने धारणा राखे ।
सेतो गुराँस बालविकास सेवा चितवनकी सचिव एवम् अधिकारकर्मी शान्ती अधिकारीले बन्द र हड्तालमा विद्यालय बन्द गरेर बालबालिकाको अधिकार हनन् भैरहेको बताईन् । विद्यालय तथा विद्यालयका सवारी साधनको सञ्चालनमा कुनैपनि अवरोध नहुने अवस्था कायम गरी आन्दोलन गर्ने पक्षहरुले विद्यालय बन्द नगर्ने प्रतिबद्धता गर्न दल तथा सम्बद्ध पक्षहरुलाई उनले आग्रह गरिन् ।
नेपाल आदिवासी जनजाति महासङ्घका जिल्ला अध्यक्ष पदम गुरुङले संविधानको विषयले निकास नपाएसम्म बन्द हड्ताल गर्न नहुने भन्ने विषय स्वीकार्य नभएको बताए । आदिवासी जनजातिको अधिकार सुनिश्चित नहुने गरी संविधान जारी भएमा बन्द, हड्ताललगायतको आन्दोलन गर्नुपर्ने उनको भनाई थियो ।
थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष विश्राम महतोले विद्यालय र बालबालिकालाई शान्ति क्षेत्र कायम गर्ने विषयमा जिम्मेवार पक्षहरुमा सम्वेदनशिलता नभएको बताए । सत्तारुढ लगायतका ठूला दलहरुले आइन्दा कहिल्यै पनि विद्यालय बन्द हड्ताल नगर्ने घोषणा गर्ने हो भने आफूहरु पनि सकारात्मक रहेको उनको भनाई थियो । जारी बन्दको क्रममा विद्यालयलाई सहज सुचारु गर्न के गर्ने भन्ने विषयमा सरोकारवाला पक्षहरुको सुझावलाई सङ्घर्ष समितिको बैठकमा राखेर छलफल गराउने आश्वासन उनले दिए ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह कार्यक्रममा प्रमुख अतिथि थिए । जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।
विद्यालय शान्ति क्षेत्र कायम गर्न सरोकारवालाहरुको भूमिका र जिम्मेवारी विषयमा रिड्स–नेपालका अध्यक्ष मुकुन्दराज दहालले कार्यक्रममा अवधारणा प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रम जिल्ला शिक्षा समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी भरतमणी पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो ।