«

»

संवेदनशील घडीमा आचारसंहिता नभुल : महासंघ

fnjसञ्चारपत्र सम्वाददाता
भरतपुर, ८ भदौ
नेपाल पत्रकार महासंघले संवेदनशील घडीमा पत्रकारिताको मूलमर्म र भावनाएवं पत्रकार आचार संहिताबाट विमुख नभई समाजलाई एकतावद्ध बनाउन र शान्तिको पक्षमा अग्रसर गराउने किसिमले पत्रकारिता गर्न पत्रकार जगतलाई आग्रहगरेको छ । महासंघले राजनीतिक मुद्दालाई पनि त्यही अनुसार हलगर्न आग्रह गरेको छ ।
टीकापुरमा सोमबार भएको घटना अमानवीय र सभ्य समाजले कल्पनागर्न नसकिने खालको रहेको भन्दै महासंघले मुलुकभर भैरहेको हिंसात्मक गतिविधिले सुरक्षा व्यवस्था संवेदनशील देखिएको पनि महासंघको निष्कर्ष छ ।
महासंघका अयष डा.महेन्द्र विष्टले मङ्गलबार एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ संविधान निर्माणको अन्तिम घडीमा पुगेको वर्तमान समयमा राजनीतिक मुद्दालाई राजनीतिक रुपमै हलगर्न, सामाजिक सद्भाव कायम राख्न र हिंसात्मक गतिविधिलाई कुनै पनि पक्षबाट प्रोत्साहननगर्न जिम्मेवार राजनीतिक दलका नेतृत्व र सम्बद्ध सवैप्रति हार्दिक अपील गरेका छन् ।
आन्दोलनकै क्रममा मुलुकका कतिपय भागमा सञ्चारकर्मीहरूमाथि कुटपिट तथादुव्र्यवहार, सञ्चार माध्यमका सवारी साधनतोडफोड, सञ्चारगृहमाआगजनीतथा समाचार प्रकाशन र प्रसारणमा अवरोध गर्ने तथा धम्की दिने जस्ता काम भएकोमा महासंघले आपत्ति जनाएको छ ।
प्रेसमाथि भैरहेको ज्यादतीप्रति खेद व्यक्तगर्दै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्ने घटना अविलम्बबन्दगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । साथै, पत्रकार, सञ्चारमाध्यम र यसमा आवद्ध कर्मचारीको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
महासंघलाई प्राप्त विवरण अनुसार, कैलालीको टीकापुर स्थित फूलवारी एफएममा मंगलबार आगजनी भएको छ । आगजनीबाट एफएमका सम्पूर्ण उपकरण क्षतिग्रस्त भएका छन् । साथै, चार दिनदेखिको लगातारको कफ्र्युका कारण टीकापुरबाट प्रकाशनहुने ५ वटा दैनिक पत्रिका बन्द हुनुका साथै हाल प्रसारणमा रहेका एफएम स्टेशनमा पनि ढुक्कसँग कामगर्ने वातावरण छैन ।
यसअघि धनगढीबाट प्रकाशनहुने धनगढी पोष्ट दैनिक र दिनेश एफएमलाई सार्वजनिक रूपमा धाकधम्की दिइएको, नेपाल टेलिभिजन टीकापुर संवाददाता महेन्द्र भण्डारीलाई गालीगलौज र दुव्र्यवहार गरिएको, सुखडास्थित घोडाघोडी एफएमका स्टेशन म्यानेजर हरेन्द्र चौधरी र समाचार प्रमुख निलम कुमार चौधरीलाई कुटपिट गर्नुका साथै उनीहरू चढेको मोरसाईकल तोडफोड गरिएको महासंघको भनाई छ । धनगढी एफएमका समाचार प्रमुख नृप रावल र पश्चिम टुडे एफएमका पासाङ ठकुल्लालाई सेती अञ्चल प्रहरी कार्यालय अगाडि मोटरसाईकल नियन्त्रणमा लिएर गालीगलौज गरिएको, रेडियो कैलाली एफएमका प्रवन्ध निर्देशक नवराज खनाल माथि सांघातिक आक्रमण गर्दै उनी चढेको से ३ प १२७९ नम्बरको मोटरसाइकल तोडफोड गरिएको विवरण महासंघमा प्राप्तभएको छ । कान्तिपुरका ठाकुरसिंह थारु र गणेश चौधरीलाई पनि धम्की दिइएको जानकारी आएको छ ।
यसैगरी नेपालगञ्जमा सञ्चारकर्मीहरू आशिषगुप्ता, दिनेश ठाकुर, मो. आरिफ अन्सारी र सुभाष गुप्तालाई सुरक्षाकर्मीबाट रभगतरामथारुलाई आन्दोलनकारीबाट दुव्र्यवहार भएको विवरण प्राप्त भएको पनि महासंघले जानकारी दिएको छ ।
नवलपरासी, रौतहट, मोरङलगायतका अन्य जिल्लाहरुमा पनि विभिन्न पक्षबाट दिइएका धम्कीका कारण पत्रकारले असुरक्षित महसुस गरेका छन् भने तराइका क्षेत्रहरुमा पत्रिपत्रिका वितरणमा समेतअवरोध गरिएकोमा महासंघले आपत्ति जनाएको छ ।
‘महासंघ प्रेसमाथि भैरहेको यो ज्यादतीप्रति खेद व्यक्तगर्दछ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्ने यस्ता घटना अविलम्ब बन्द गर्न सम्बद्ध पक्षलाई अपील गर्दछ । साथै, पत्रकार, सञ्चार माध्यम र यसमा आवद्ध कर्मचारीको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारसँग गर्दछ ।’–अध्यक्ष डा. विष्टद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।