«

»

चितवनमा सम्वाद मञ्चको गठन

DFC group photoभरतपुर, ८ वैशाख
जिल्लामा विद्यमान विभिन्न द्वन्द्वलाई वार्ताका माध्यमबाट समाधान गर्दै समृद्ध चितवन निर्माण गर्ने उद्देश्यले सम्वाद मञ्च, चितवनको गठन गरिएको छ । संयुक्त राष्ट्रसंघ, द्वन्द्व व्यवस्थापन कार्यक्रम अन्तर्गत मध्यमाञ्चल क्षेत्रीय कार्यालयको सक्रियता र चितवनका प्रमुख राजनीतिक दल, नागरिक समाज एवम् जिल्लास्थित महिला सञ्जालका प्रतिनिधिहरुको समन्वयमा सम्वाद मञ्च गठन गरिएको क्षेत्रीय संयोजक भाष्कर काफ्लेले जानकारी दिए ।
पूर्व प्राध्यापक डा.ईश्वरीप्रसाद लौडारीको संयोजकत्वमा २३ सदस्यीय सम्वाद मञ्चको गठन गरिएको हो । चितवनका राजनीतिक दल, प्रशासनिक निकाय, सामाजिक कार्यकर्ता, सञ्चारकर्मी, कानुन व्यवसायी, मानवअधिकारकर्मी, महिला अगुवा, शिक्षासेवीसहित सामाजिक अध्येताहरुको मञ्चमा सहभागिता रहेको छ ।
DFC meeting 2मञ्चको सचिवलाय व्यवस्थापनका लागि हाल नेपाल पत्रकार महासंघ, चितवनलाई जिम्मा दिईएको छ । सचिवालयमा संयोजक लौडारीसहित शिक्षाविद् रमाकान्त सापकोटा, शान्ति समितिका संयोजक तेजेन्द्रबहादुर खड्का, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, चितवन जिल्ला अदालत वार एशोसियसनका अध्यक्ष चुडामणि सापकोटा रहेका छन् । यसैगरी मञ्चका अन्य सदस्यहरुमा भवानी पौडेल, यमप्रसाद शर्मा, बालकृष्ण पौडेल, विनोदखण्ड तिमल्सेना, मीना विक, प्रेम गैरे, शिव न्यौपाने, मीना वाग्ले, विष्णु पौडेल, सावित्री रेग्मी, गंगा कोइराला, सूर्य बराल, नरबहादुर राइ दनुवार, मंगर महतो, युक्तविलास मरहट्टा, सिर्जना रुवाली, माधव पौडेल र रामचन्द्र लम्साल रहेका छन् ।
समाजमा शान्ति सुव्यवस्था र अमनचैन कायम गर्ने अभियानसहित सम्वाद मञ्चको गतिविधि अगाडि बढाइने संयोजक लौडारीले जानकारी दिए । चितवनका सम्भावित विवादको सन्दर्भ परिस्थितिको अध्ययन विश्लेषण गर्ने, सम्भाविद विवाद रोकथाम गर्ने, शान्ति सहकार्यको लागि सहजीकरण सीप विकास गर्ने, विवादरहित सुसंस्कृत समाज निर्माणका लागि सहकार्य गर्नेलगायतका उद्देश्य सम्वाद मञ्च चितवनको रहेको छ ।