«

»

सिग्देल प्रतिष्ठानको भेला सम्पन्न

गैँडाकोट, ३० फागुन

गैँडाकोटमा शनिबार सम्पन्न सिग्देलहरुको केन्द्रीय भेलाले ३५ संदस्सीय केन्द्रीय समिति चयन गर्दै पाँच प्रदेशको संघीयताको खाका तयार पारेको छ । केन्द्रमा संघियताको बहस चलिरहेका बेला करिव दुई हजार भन्दा बढि सिग्देल प्रतिनिधीहरुको गैँडाकोटमा भएको भेलाले नेपाललाई पाँच प्रदेशमा विभाजन गरी जिम्मेवारी बाँडफाँड गर्नुपर्ने सुझाव दिएको हो ।
सिग्देलहरुको भेलाले कोषी प्रदेश, बाग्मती प्रदेश, नारायणी प्रदेश, गण्डकी प्रदेश र भेरी कर्णाली प्रदेश गरी देशलाई ५ प्रदेशमा लग्नुपर्ने सुझाएका हुन् । नेताहरुले प्रदेशको विभाजनमा सहमती कायम गर्न नसकिरहेको अवस्थामा सिग्देलहरुले प्रस्तुत गरेको संघियताको खाका उनीहरुको लागि ठूलो पाठ हुने सिग्देल बन्धु विकास तथा अनुसन्धान प्रतिष्ठानका महासचिव गिरीराज सिग्देलले बताए ।
दूई दिनसम्म चलेको भेलाले दुर्गा प्रसाद सिग्देलको अध्यक्षतामा ३ सदस्य पछि थप हुने गरी ३२ सदस्सीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा हेमराज सिग्देल, रञ्जना सिग्देल, महेन्द्र सिग्देल, नारायणप्रसाद सिग्देल, अवन्ति सिग्देल रहेका छन् । यसैगरी महासचिवमा गिरीराज सिग्देल र सचिवमा बोधराज सिग्देललाई चयन गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार केन्द्रीय सदस्यहरुमा चेतनाथ सिग्देल, अग्नीप्रसाद सिग्देल, ज्ञानेन्द्र सिग्देल, प्रकाश सिग्देल, सुभाष सिग्देल, गोपाल सिग्देल, विष्णु सिग्देल र जानुमाया सिग्देल, लक्ष्मी सिग्देल, खिमानन्द सिग्देल, रामचन्द्र सिग्देल, पार्वती सिग्देल, बलराम सिग्देल मिनराज सिग्देल, पार्वती सिग्देल र तारा सिग्देल रहेका छन् ।
प्रतिष्ठानले नारायणप्रसाद सिग्देलको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि चयन गरेको छ । जसका सदस्यमा डिल्ली सिग्देल र रामप्रसाद सिग्देल रहेका छन् । देशभरिका सिग्देलहरुलाई संगठित गरी देश विकासमा सिग्देलहरुले योगदान दिने उद्देश्यले गैँडाकोटमा केन्द्रीय भेला आयोजना गरिएको भेला आयोजक समितिका संयोजक महेन्द्र सिग्देलले बताए । देशका ३४ जिल्लामा सिग्देलहरुको बसोबास रहँदै आएको छ । बि.सं. १२५० मा बाग्लुङ जिल्लाको सिग्दी क्षेत्रलाई सिग्देलहरुले आफनो उद्गमस्थल मानेका छन् ।