«

»

चितवनमा ‘ओपन हार्ट सर्जरी’ सेवा

भरतपुर, २४ फागुन 

medical college

 

चितवन मेडिकल कलेजले ‘ओपन हार्ट सर्जरी’ सेवा शनिबारबाट सुरु गरेको छ । कलेजको शिक्षण अस्पतालमा यस्तो सर्जरी सेवा सुरु भएको हो । सर्जरी सेवाको शु

भारम्भ कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकेले अस्पतालले दिन लागेको नयाँ सेवाबाट मुटुका बिरामीहरुलाई राहत पुग्ने बताए । मुटु रोगको सामान्य उपचारका लागि पनि काठमाडौँ जानुपर्ने बाध्यता रहेकामा अस्पतालले शुभारम्भ गरेको यो सेवाबाट मेडिकल क्षेत्रका सन्दर्भमा चितवनले थ

प सफलता हासिल गरेको प्रजिअ विकेको भनाई थियो ।
शुभारम्भ कार्यक्रममा सशस्त्र प्रहरी बल, सिमा सुरक्षा कार्यालय आँपटारीका प्रहरी उपरीक्षक शम्भु उप्रेती, चितवनका जिल्ला शिक्षा अधिकारी दामोदर आचार्य, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोखरेल, चिकित्सक श्रीमती संघकी अध्यक्ष ममता शर्मालगायतले अस्पतालको सो सेवाको सफलताको कामना व्यक्त गरे ।
अस्पतालमा शुभारम्भको दिन मुटुको ‘माइट्रल भल्भ’ बिग्रिएर उपचाररत मंगलपुर चितवनकी ५५ वर्षीया सत्यदेवी श्रेष्ठको पहिलो सर्जरी सफलताका साथ सम्पन्न भएको छ । कार्डियाक सर्जन डा. भगवान कोईरालाको टोलीले दुई घण्टा २० मिनेट लगाएर शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । कार्डियाक सर्जन डा. नविन गौतमका अनुसार बाल्यकालमा भएको बाथ मुटुरोगका कारण श्रेष्ठको भल्भ बिग्रिएकोे थियो । उनको एउटा भल्भ फेरिएको छ भने अर्को ‘ट्राइकस्पिड भल्भ’ को मर्मत गरिएको डा.गौतमले बताए । मुटुमा ४ वटा भल्भ हुन्छन् । सर्जरीपछि बिरामीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । काठमाडौ बाहिर भएको यो तेस्रो ‘ओपन हार्ट सर्जरी’ हो ।
सर्जरीका क्रममा मुटु र फोक्सोलाई पूर्ण रुपमा बन्द गराइएको थियो । योे अवस्थामा ‘हर्ट लङ मेसिन’ द्वारा मुटु र फोक्सोको काम गराइएको थियो । सर्जरीका क्रममा ७९ मिनेट मुटु र फोक्सोको काम मेसिनले गरेको थियो ।
मुटु, फोक्सोसहित बिरामीको रक्तचाप, शरीरको तापक्रमलगायतका बिभिन्न काम सो उपकरणद्वारा गराइएको उपकरणको माध्यमद्वारा शरीरका अङग नियन्त्रण गराउने प्राविधिज्ञ परफ्युजनिष्ट डा. महेन्द्र भट्टले बताए । सर्जरीपश्चात मुटु र फोक्सोले आफै काम गर्न थालेपछि उपकरण हटाइन्छ ।
मेडिकल कलेजका अध्यक्ष डा. हरिश न्यौपानेले ओपन हार्ट सर्जरी अब अस्पतालमा नियमित गरिने बताएका छन् । ‘यो सेवाले चितवन जिल्ला मेडिकल सिटी बन्न अर्को इट्टा थपिएको छ’, डा. न्यौपानेले भने, ‘यो सेवाले पश्चिम क्षेत्रका मुटुरोगीलाई काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य पनि गरेको छ ।’ मुटुको अर्को सर्जरी पनि केही दिनमै गरिने न्यौपानेले जानकारी दिए । उनले मिर्गौला प्रत्यारोपणको तयारी पनि भएको जानकारी दिए । ‘हामीले प्रत्यारोपणको सबै तयारी पुरा गरेका छौँ’, न्यौपानेले भने ‘ अब सरकारको अनुमतीको पर्खाइमा छौं ।’
ओपन हार्ट सर्जरी टोलीमा कार्डियाक सर्जन डा. भगवान कोइराला र डा. नविन गौतमसहित डा. सुरेन्द्र न्यौपाने, डा. भारती रेग्मी, डा. मुरारी उप्रेती, डा. जेजुनाथ पोखरेल, डा. गोपेन्द्र देव, डा. इन्द्रनारायण श्रेष्ठ सम्मिलित थिए