«

»

आज दोस्रो राष्ट्रिय पोल्ट्री दिवस मनाइँदै

बिरामीलाई निशुल्क अण्डा वितरण
सञ्चारपत्र सम्वाददाता
भरतपुर, १६ पुस
नेपाल अण्डा उत्पादक संघले दोस्रो राष्ट्रिय पोल्ट्री दिवसको अवसरमा चितवनका पाँच वटा अस्पतालमा बिरामीहरुलाई बुधबार निशुल्क अण्डा वितरण गरेको छ । भरतपुर अस्पताल, बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर आँखा अस्पताल, कलेज अफ मेडिकल साइन्सेस र चितवन मेडिकल कलेजमा बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र बिरामी कुरुवालाई अण्डा वितरण गरिएको संघका केन्द्रिय अध्यक्ष शिवराम केसीले जानकारी दिए ।
अण्डा वितरण कार्यक्रममा संघका अध्यक्ष केसीले विभिन्नखाले पोÈक तत्वले भरिपूर्ण अण्डाको विषयमा मानिसमा आवश्यक जानकारी नपुग्दा सोचेजस्तो उपभोग हुन नसकेको बताए । उनले देशव्यापी रुपमा अण्डा खाउँ भन्ने सन्देश प्रवाह गर्न अण्डा वितरण कार्यक्रम गरिएको जानकारी दिए ।
अण्डा क्याल्सियम, आइरन तथा प्रोटिन जस्ता त¤वको भण्डारको रुपमा रहेकोले स्वस्थ व्यक्तिको तुलनामा बिरामीहरुका लागि लाभदायक हुने कलेज अफ मेडिकल साइन्सेसका चिकित्सक ईश्वरी लौडारीले बताए । अण्डामा भिटामिन ए, भिटामिन बी टू, भिटामिन बी फाइभ, भिटामिन बी १२, फस्फोरस, सेलेनियम, भिटामिन डी, इ, के लगायतका त¤व पाईने डा. लौडारीले बताए ।
अण्डाको सेतो भाग मोटोपन घटाउन, रक्तचाप कम गर्न, मुटुरोगबाट बचाउन, आ“खाको सुरÔाका लागि उपयोगी हुने बरिष्ठ फिजिसियन डा. कालिदास अधिकारीले बताए । भिटामिन बी १२ को कमीबाट हुने रक्तअल्पता, नसा झमझमाउने जस्ता समस्या अण्डाको पहेंलो भागको उपभोगले हट्ने समेत अधिकारीले बताए । चिकित्सकका अनुसार एक बयस्क व्यक्तिले दिनमा तीन वटासम्म अण्डा खानु उपयुक्त मानिन्छ ।
अण्डा वितरण कार्यक्रममा संघका अध्यक्ष शिवराम केसी, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी सीमा सुरक्षा बल चितवनका प्रमुख शम्भु उप्रेती, अस्पतालका डाक्टरहरुलगायतको सहभागिता थियो ।
त्यस अवसरमा ५५ पेटी अण्डा वितरण गरिएको संघले जनाएको छ । एक पेटीमा पाँच क्रेट र एक क्रेटमा ३० वटा अण्डा हुन्छ ।
नेपालमा हाल अण्डाको उपभोग शहरी क्षेत्रमा मात्र केन्द्रित छ । अण्डा उत्पादक संघको तथ्याङ्क अनुसार नेपालमा दैनिक बीसलाख वटा अण्डा उत्पादन र खपत हुँदै आएको छ । यो तथ्याङ्कलाई हेर्दा निकै न्यून व्यक्तिले मात्र अण्डा उपभोग गरेको देखिने व्यवसायी अर्जुन अर्यालले बताए ।
नेपालमा अण्डा उत्पादन व्यवसायमा एकहजार ६ सय कृषक प्रत्यक्ष संलग्न छन् भने १६ हजार भन्दा बढीले रोजगारी पाएका छन् । अण्डाको मह¤व बुझाउन सकेमा उपभोग बढ्ने र कृषकले राहत पाउने अर्यालको भनाई छ ।
यसैबीच, आज बिहीबार पशु सेवा विभाग, पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालय र नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा पोल्ट्रीको राजधानी चितवनमा दोस्रो राष्ट्रिय पोल्ट्री दिवस मनाइँदैछ । यस अवसरमा विहान ९ बजे बाजागाजा र झाँकीसहितको ¥याली भरतपुरस्थित जिल्ला पशुसेवा कार्यालयबाट शुरु भई मालपोत कार्यालय, जिल्ला विकास समितिको कार्यालय हुँदै केन्द्रिय बस टर्मिनलस्थित होटल स्टार बैंङ्क्युटमा पुग्ने कार्यक्रम छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेलले राष्ट्रिय पोल्ट्री दिवसको उद्घाटन गर्ने कार्यक्रम छ । त्यस अवसरमा पोल्ट्रीको वर्तमान अवस्था, समस्या र सम्भावना विषयक गोष्ठी सञ्चालन हुने आयोजकले जनाएको छ ।