«

»

भरतपुर अस्पतालमा सशस्त्रद्वारा सरसफाई

सञ्चारपत्र सम्वाददाताHospital 3

भरतपुर, ५ पुस
भरतपुर अस्पतालमा सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय भरतपुरले शुक्रबार बिहान सरसफाई गरेको छ । सिमा सुरक्षा कार्यालय भर

तपुरका प्रमुख प्रहरी उपरीक्षक शम्भु उप्रेतीको नेतृत्वमा झण्डै ६० जना सशस्त्र प्रहरीले अस्पताल परिसरमा सरसफाई गरेका थिए ।
प्रहरी उपरीक्षक उप्रेती, भरतपुर अस्पताल सञ्चालक समितिका अध्यक्ष विजय सुवेदी र अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. केशवराज भुर्तेलले संयुक्त रुपमा सरसफाई कार्यक्रमको शुरुवात गरेका थिए । भरतपुर अस्पतालको आकस्मिक कक्ष, प्रशासन भवन, ओपिडी भवन लगायत अस्पताल परिसरमा यत्रतत्र देखिने फोहरमैला तथा प्लाष्टिकजन्य सामग्रीहरु सशस्त्र प्रहरी तथा अस्पतालका कर्मचारीहरुले एकसाथ मिलेर सफा गरेका थिए ।
बिहान साढे ७ बजेदेखि ९ बजेसम्म गरिएको सरसफाईपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सशस्त्र प्रहरी बलका उपरीक्षक उप्रेतीले सशस्त्र प्रहरीले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सबै जनताको साझा अस्पताल भरतपुर अस्पतालमा सरसफाई गरिएको बताउँदै नियमित रुपमा अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पछिल्लो समयमा अस्पतालको व्यवस्थापन देखेर आफुहरुलाई पनि खुसी लागेकोले होस्टेमा हैंसै गर्ने बताए ।
सो अवसरमा अस्पतालका अध्यक्ष विजय सुवेदीले भरतपुर अस्पताललाई मध्य क्षेत्रकै नमूना अस्पतालका रुपमा विकास गर्दै देख्दा मनोहर र सेवा गुणस्तरीय बनाउने आफ्नो अभियानमा साथ दिएकोमा सशस्त्र प्रहरी बललाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि सशस्त्र प्रहरी बलको सहयोगको अपेक्षा गरेको भन्दै अस्पतालको विकासका लागि समाजका सबै तहका नागरिकहरुको साथ हुनुपर्ने बताए ।
भरतपुर अस्पतालले हरेक महिनाको पहिलो शुक्रबार बृहत् सरसफाई अभियान चलाउँदै आएको छ । अघिल्लो महिना मध्यक्षेत्र प्रहरी तालिम केन्द्रका प्रहरीहरुले भरतपुर अस्पतालको सरसफाई गरेका थिए ।