«

»

चितवन अस्पतालका प्रबन्ध निर्देशक गोपाल गिरी पक्राउ

gopal grirमहिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप
सुवास पण्डित
भरतपुर, ४ साउन
भरतपुरको चौबिसकोठीमा रहेको चितवन अस्पतालका प्रबन्ध निर्देशक गोपाल गिरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गिरीमाथि अस्पतालमै कार्यरत एक महिला कर्मचारीमाथि दुव्र्यवहार गरेको आरोप लागेको छ ।
पीडित पक्षले गरेको ठाडो उजुरीका आधारमा प्रहरीले अस्पतालबाट नै गिरीलाई नियन्त्रणमा लिएको हो । गिरीले अस्पतालको सघन उपचार कक्षमा कार्यरत एक स्टाफ नर्सलाई गएको शुक्रबार राति साढे १० बजे दुव्र्यवहार गरेको पीडितको भनाई छ । घटना शुक्रबार राति भएपनि अस्पतालले भित्रै मिलाउने प्रयास गरेपनि मिल्न नसकेपछि पीडित पक्षले शुक्रबार प्रहरीमा उजुरी गरेको हो ।
दुव्र्यवहारबाट पीडित महिला कर्मचारीले दोषी गिरीमाथि कडा कारवाहीको माग गरेकी छिन् । ‘अस्पताल भित्र नै यस्तो घटना होला भनेर सोचेको थिइन्’ पीडितको गुनासो छ । गिरीले आफुबाट गल्ती भएको र अब आइन्दा यस्तो गल्ती नदोहो¥याउने प्रतिबद्धता जाहेर गरेपनि पीडित पक्षले गिरीलाई प्रहरीको जिम्मा लगाउन आग्रह गरेका थिए ।
पीडितसँगै सोही दिन ड्यूटीमा रहेकी सन्ध्या घिमिरेले प्रबन्ध निर्देशक गिरी सो दिन मादक पदार्थ सेवन गरेर आएको दाबी गरिन् । उनले भनिन्– ‘हामीले सम्मान गर्ने व्यक्ति आएपनि नमस्कार भन्यौं, हामीलाई कहाँ बस्छौ अरु के गर्छौ’ भनेर सोधे, म भित्र आइसियूमा लागेँ, त्यहीँ भित्र प्यासेजमा उनले दुव्र्यवहार गरेछन् ।’
त्यस दिन अस्पतालमा छ वटा आइसियू र पाँच वटा पोस्टअप बेडमा दुई जना मात्र महिला कर्मचारी रात्रीकालिन समयमा रहेका थिए । गिरीको दुव्र्यवहारबाट पीडित ती महिला कर्मचारी बेहोस् जस्तै बनेकी उनले जानकारी दिइन् ।
घिमिरेले भनिन्– ‘त्यसबेला उसको धड्कन बढेको थियो, तापक्रम पनि बढेको थियो, तैपनि साहस जुटाएर मलाई किन यस्तो गरिस् भनेर बैनीले गिरीलाई फोन गरिन् । पीडितले छ पटकसम्म फोन गर्दा दुई पटक उठाएर मेरो छोरी जस्तोलाई कहाँ मैले त्यसो गर्ने, त्यो त झुक्किएर ठोक्किएको हो भन्ने जवाफ फर्काए ।’
अस्पतालमा काम गर्दै आएकी रोजिना गिरीले घर जस्तै लाग्ने अस्पताल हिजोआज असुरक्षित लागेको बताइन् । ‘यो अस्पतालमा कुनै सुरक्षा छैन्, यस्तो घटना भएपछि त अब कसरी काम गर्नु ?’ रोजिनाले भनिन् । अस्पतालका प्रशासकबाट बिशेषगरि महिला कर्मचारीहरुलाई हेप्ने काम हुँदै आएको त्यहाँ कार्यरत महिला कर्मचारीहरुको गुनासो छ ।
‘यिनीहरुले केही गर्न सक्दैनन्, हामीले जागिर दिएको हो जे गरेपनि हुन्छ’ भन्ने भावना चितवन अस्पतालका प्रशासकहरुमा रहेको घिमिरेको भनाई छ । उनले घरबाट समेत यस्तो ठाउँमा काम गर्न नजान दवाव दिएको बताइन् ।
अस्पताल सञ्चालक समितिका सदस्य गोवद्र्धन गौलीले कर्मचारीमाथि दुव्र्यवहार गर्ने प्रबन्ध निर्देशक गोपाल गिरीले अस्पतालकै बेइज्यती गरेको भन्दै उनलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गरेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले चितवन अस्पतालका प्रबन्ध निर्देशक गिरी प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिँदै पीडितले दिने जाहेरीका आधारमा अनुसन्धान प्रकृया अघि बढ्ने बताए ।