«

»

टायरस“गै जल्दै युवाको उर्जा र समय

राजेश घिमिरे
चितवन बन्दको चपेटामा परिरह“दा अनेराश्ववियुका केन्द्रिय सदस्य निरज भट्टले साउन २५ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे, ‘म नेकपा (एमाले) को चितवनमा बस्ने कार्यकर्ता हु“ । यदि मैले चन्दा असुली र कुटपिट गरेको अवस्थामा प्रहरीले पक्राउ गर्यो भने एमाओवादी र काङग्रेसले झै“ जिल्ला बन्दको उपहार एमालेले नदिओस् । बरु खुला हृदयले मेरा अन्य अपराधका घटनामा छानबिन गर्न प्रहरीलाई सहयोग गरोस् । तब मात्र म सुध्रिनेछु, समाज सुध्रनेछ र समुन्नत राष्ट्र निर्माण्ँमा टेवा पुग्नेछ ।’ यो स्टाटसमा कमेन्ट पनि मज्जैले आए ।
छिमेकि जिल्लाका युवा कार्यकर्ताहरुले उनको समर्थन गर्दै आफ्ना नेताहरुलाई पनि यस्तै आग्रह गर्ने बताए । तर अधिकांशले भट्टको स्टाटसको विश्वास गरेनन् । दिपक पाठकले कमेन्ट लेखे, ‘तर निरज दाइ कमरेड एमालेले किन धादिङमा गुण्डा भनेर कहलिएका, प्रहरिको मस्ट वान्टेडमा रहेका र अख्तियारले समेत मूद्दा चलाएका दिनेस चरि समातिएर मुद्दा हाल्दा किन गर्यो एमालेले धादिङ बन्द ? लाज लाग्यो मलाई एमालेको काम देख्दा, जवफ दिनुस । त्यस्तै, प्रवास रिजालले लेखे, ‘पछि हजुरलाईनै म त बन्द बिरोध हु“, तर के गर्ने पार्टीको निर्णय भन्दै सडकमा टायर बालेर सर्बसाधारणलाई सकस देको देख्न नपाए हुन्थ्यो ।’¬¬¬¬
विभिन्न बहानामा जिल्ला बन्द गर्ने प्रबृत्तिको बिरुद्ध यतिखेर सामाजिक सञ्चालहरु भरिएका छन् । विल्कुलै गैर राजनीतिक बिषयलाई पनि राजनीतिक रंग दिएर जिल्ला बन्द गर्ने प्रबृत्तिको खुल्लेआम बिरोध भइरह“दा राजनीति दलकै एक जना युवा नेताले सामाजिक सञ्जाल मार्फत आफ्नो पार्टीलाई फरक औल्याए अनि बन्दको मामिलामा फरक बन्न अप्रत्यक्ष दबाब दिए ।
कुनै एक राजनीतिक दल र कुनै एक नेताको पक्षमा मैले आफ्ना शब्द खर्चिराखेको छैन । निरज भट्टलाई मात्र होइन सारा नेपालीलाई थाहा छ अबैध हतियार मुद्दामा अनुशन्धानका लागि नियन्त्रणमा लिइएका गुण्डानाइके चरीलाई मुक्त गर्न माग गर्दै एमालेको युवा संघठन युवा संघ नेपालले धादिङ् बन्द गरेको अनि पत्रकार कुट्ने पर्शुराम बस्नेतलाई नियन्त्रणमा लिंदा पार्टीनै लागि परेर देशनै हल्लाएको । यति टाढा पनि नपुगौं चितवनमै आफ्ना नेता प्रकास रेगमीलाई प्रहरीले नियन्त्रणमा लिदा कैयन निरज भट्ट सडकमा उत्रिएको घटना पुरानो भइसकेको छैन ।
चन्दा अशुलीको अभियोगमा एकीकृत नेकपा माओवादीको युवा संघठन योड्ड कमयुनिष्ट लिग वाइसिएलका आधा दर्जन युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि साउनको दोश्रो हप्ता डेढ दिन चितवन बन्द भयो । निर्वाचन आचारसंहीता बिरुद्ध हुनेगरी चन्दा उठाएपछि प्रहरीले स्भाविकरुपमा उनीहरुलाई नियन्त्रणमा लियो । क्रान्तिकारी पार्टीको क्रान्तिकारी संघठनले आफ्ना कार्यकर्ता छुटाउने अचुक अस्त्र देख्यो बन्द र त्यहि ग¥यो । भर्खर मात्र कार्यभार सम्हालेका प्रहरी प्रमुख प्रधुम्न कार्कीले उनीहरुलाई कारबाही गर्न प्रयास त गरे तर जिल्लाको माहोलनै बुझिनसकेका उनले व्यापक दबाबका कारण तत्कालिक समस्या समाधानका लागि बाध्य भर फास्ट ट्रयाक बाटो रोजे । फस्वरुप कूल चार हजार रुपैया“ धरौटीमा सबै कार्यकर्ताहरुलाई रिहा गर्न वाइसिएल सफल भयो । एसपी कार्कीकै भनाईमा साउन २२ गते मंगलवार नेपाली काग्रेसको युवा संघठन तरुण दल र विद्यार्थी संघठन नेविसंघ आबद्ध दूई नेता प्रहरीमा ठोक्किन आइपुगे । केहिदन अघि मात्र जिल्ला बन्द गरेर वाइसिएलले आफ्ना कार्यकर्ता छुटाएको भेउ पाएको तरुण दलले भारतीय चालक माथि आक्रमणको अभियोगमा पक्राउ परेका आफ्ना नेताहरुलाई छुटाउनका लागि पनि त्यहि अस्त्र रोज्यो अनि उस्तै शैलीमा जिल्ला बन्द ग¥यो । तर, वाइसिएलका नेता छुटे जस्तो सजिलो गरी तरुण नेता छुटेनन् । वाइसिएल र तरुण दलका नेताहरु छुट्दा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय अगाडि विजय उत्सव भए । अबिर जात्रा निकालियो । सयौं युवाहरु उत्सवमा सहभागि भए । सामाजिक सञ्जालहरुमा नेता रिहाइको बिषयमा खुसीका खबरहरु पोष्ट गरिए । यो अवस्थामा चितवनको गुण्डाराज नियन्त्रण गर्ने संकल्प बोकेको दाबी गर्ने एसपीले धरौटीमा रिहा भएका नेताहरुलाई कारबाहि प्रकृया कसरी अघि बढाउलान् र मौलाउ“दो गुण्डाराज अन्त्य कसरी गर्लान् त्यो चाहिं प्रतिक्षाको बिषय छ ।
तर गम्भीर कुरो के छ भने जति पनि अपराधिक गतिबिध यहा“ हुन्छन्, राजनीतिक दलहरुको संरक्षण र आडमै भएका हुन्छन् । अनि पदभार ग्रहण गरेलगत्तै गुण्डाराजको समुल अन्त्य गर्ने उद्घोष गरेका जतिपनि प्रहरी प्रमुख थिए उनीहरु यहा“का राजनीतिक दलहरुका अगाडी लाचार बनेर बिदा भएका छन् । यो हाम्रो अगाडीको तितो यथार्थ हो ।
राजनीतिक दलका लागि आफ्नो स्वार्थ पुरा गर्नमा सघाउने युवा चाहिने अनि युवाहरुलाई आफ्नो कर्तुत ढाक्न राजनीतिक दलको संरक्षण आवश्यक पर्ने । यहि कारणले यहा“ अहिले सम्म अराजक युवाहरुको साथ लिएर आफ्नो स्वार्थ पुरा गरेर राजनीतिक दलहरु र कालोलाई सेतो बनाउन राजनीतिक दलहरुको संरक्षण लिएका युवाहरु स“धै सफल भइरहे । तर, गुण्डाराज नियन्त्रण गर्ने उद्घोष गर्ने प्रहरी स“धै निरिह रह्यो भने जनता आफ्नो काममा स“धै असफल बने ।
जस्तोसुकै अपराध गरेको व्यक्ति होस् सडक बन्द गर्ने ताकत छ भने सहजै मुक्त हुने बाताबरण बनिसकेको छ अहिले । अनि बेकसुर हिरासतमा पुगेको व्यक्ति सडक बन्द गर्न नसक्दा लाचार भएर कारागार पुग्नुपर्ने अवस्था छ अहिले । कानूनको उपहास यतिबिधि भयो कि कानून छ या छैन पत्तो पाउनै मुस्किल पर्ने स्थिति आयो । संक्रमणकालीन अवस्थालाई दोष देखाउ“दै कानूनलाई अटेरी गर्ने प्रबृत्तिको सुरुवात राजनीतिक दलहरुले गरे अनि उनीहरुलाई सहयोग गरेर फाइदा लिंदै आएको पंक्तिले यसको सबैभन्दा बढि फाइदा लियो ।
के अब यो अवस्थामा सुधार आउन सम्भव छैन ? अवश्य छ । तर यसको लागि मुख्यतया तीन कुरामा हामी गम्भीर बन्नु जरुरी छ ।
१. राजनीतिकदलहरुले अपराधलाई संरक्षण नदिने उद्घोष गर्नुपर्छ ।
२. कानूनलाई आफ्नो तरिकाले काम गर्नमा अबरोध गर्न हु“दैन ।
३. युवा वर्गले कसैको लहैलहैमा लागेर देशलाई उ“धोगति तर्फ धकेल्नमा सहयोग गर्नु हु“दैन ।
उल्लेखित दुई बिषयमा यसअघि पनि धेरै चर्चा भइसके । तेश्रो बिषयमा अबको दिनमा हामी युवा वर्ग सचेत भयौं भने यस्ता अराजक गतिविधि अन्त्य हुन असम्भव छैन । के कुनै राजनीतिक दलले आह्वान गर्दैमा उनीहरुको पछि लागेर हिड्ने हाम्रो कर्तब्य हो ? एक पटक ठण्डा दिमागले सोचौं । देशलाई दैनिक अर्बौको घाटा लाग्ने नेपाल बन्दको मजदुर बनेर आज सम्ममा युवा वर्गले के–के पायो ? बर्षौ देखि सडकमा टायर बालेर, स्कुल कलेजका सिसा फुटालेर, गाडी तोडफोड गरेर युवा बर्गले के हासिल ग¥यो ? बरु हामीले धेरै गुमाएका छौं । जस्तैः समय र उर्जा । देशको एक पुस्ता आन्दोलननै गरेर बिदा हुने चरणमा छन् । अबको देश हा“क्ने युवा पुस्ता मध्ये झण्डै आधा अघिल्लो पुस्ताको अदुरदर्शीताका कारण विदेशमा सस्तो मूल्यको श्रम गर्दैछन् भने उर्जावान आधा युवा राजनीतिक दलको पुच्छर बनेर सडकमा टायर बाल्नमा व्यस्त छन् । युवाको उर्जा र समय टायरस“गै जल्दै छ । सडकमा फ्या“किएका ढुड्डा सरह व्यर्थ बन्दैछ । विल्कुलै निरर्थक बन्दैछ । यो समय टायर बाल्न र ढुड्डा हान्नका लागि होइन । मेहनत गर्नका लागि प्रयोग हुनुपर्छ यदि देशलाई आर्थिक समृद्धिको पथमा लैजाने हो भने । उद्योग वाणिज्य संघ चितवनका अनुसार एक दिन चितवन बन्द हु“दा कम्तिमा ४ करोड रुपैया“को क्षति हुन्छ । साउन महिनामा चितवन पा“च दिन बन्द भइसक्यो । करिब २० करोड रुपैया“ व्यर्थ खेर गयो । युवा वर्गको समय र उर्जाको त कुरै छाडौं । सामाजिक सञ्जालमा स्टासट लेख्ने कैयौ निरज भट्टहरु आफ्नो माउ पार्टीको उर्दिका सामु निरिह बनेर पुनः टायर बाल्न कस्सिएको देखिरहेकै हौं । र उनले भनेजस्तो गरी उनी कुनै अभियोगमा जेल परे भने उनका समर्थकले यसैगरी टायर बाल्नेछन् अहिलेको अवस्थामा । यसप्रति गम्भीर बन्न अब ढिला गर्नु हु“दैन । अबको समय पनि राजनीतिक मुद्दाका लागि खर्च हुनुहुदैन । अबको समय भनेको विकासका लागि हो । आर्थिक समुन्नतीका लागि हो । सडकमा टायर बालेर पौने तीन करोड सर्बसाधारणको मुखमा माड लाग्दैन भन्ने कम्तिमा पनि युवा वर्गले सोच्नुपर्छ ।
माउ पार्टीको सामुन्नेअन्ध भक्त हुनु भबिष्यमा हाम्रै लागि अभिसाप बन्ने पक्का छ । कम्तिमा पनि युवा संघठनले परम्परागत नभई दीर्घकालीन सोच राख्नु पर्दछ । आफ्नो भबिष्य मात्र नभई देशको भबिष्यको पनि ख्याल राख्न सक्नुपर्दछ सचेत युवा वर्गका युवा नेताले । कुरै नबुझि नेताको पछाडी दौडिएर फाइदा होइन घाटा मात्र छ । चितवनकै एक कार्यक्रममा नेपाली काग्रेसका युवा नेता चन्द्र भण्डारी भन्दै थिए, ‘सचेत युवा वर्ग राजनीतिमा लागेर अर्थ छैन, लागेपनि बुझेर मात्र लाग्नुपर्छ ।’ राजनीतिक दलहरु अराजक बनेको र उनी सच्चिन नसकेको उनकोप्रति उनको संकेत थियो । अनि राजनीतिक दलहरुले पनि सचेत युवा भन्दा अराजक युवालाई ध्यान दिने गरेको उनको संकेत स्पष्ट बुझन सकिनथ्यो । यस अर्थमा स्पष्ट बुझ्न सकिन्छ कि समकालिन नेपालका राजनीतिक दलहरु तत्कालिन समस्या समाधानका लागि युवालाई प्रयोग गर्ने मनस्थितिमा मात्र छन् । उनीहरु देशको भबिष्यका लागि युवाहरुको उर्जाको सहि सदुपयोग गर्न जान्दैनन् वा जानेर पनि चाहिरहेका छैनन् । चुनाबको मुखमा कुनै फोरममा उभिएर युवाहरु राजनीतिमा नलाग्नुस् भन्ने नेता कमै भेटिन्छन् । यी भनाई चन्द्र भण्डारीका आदर्शबादी कुरा हुन् भने यहिनै सहि । तर, युवाहरु फेरी पनि ढुड्डा–मुढा गर्न र बन्द, हड्ताल र चक्काजाममा राजनीतिक दलहरुको मजदुर बन्नमा होइन समयको सक्दो सदुपयोग गर्दै आफ्नो उर्जा सहि ठाउ“मा खर्चनमा अग्रसर होउन्, समस्या यसै समाधान हुनेछन् । उल्लेखित तीन बु“दा मध्येका एक र दूई नम्बर बु“दाको कार्यान्वयनमा पनि यसैको भूमिका महत्वपूर्ण हुनेछ ।